News Portal

  • नेकपाका महासचिव विप्लव सी द्वारा “सी गार्मेन्ट”उद्घाटन

    विष्णु विश्वकर्मा
    430Shares

    कपिलवस्तुमा । नेकपाका महासचिव विप्लव सीको प्रमुख आतिथ्यतामा कपिलवस्तुको शिवराज नगरपालिका–१, बनकट्टामा “सी गार्मेन्ट” उद्घाटन गरेका छन ।

    नेपाल कम्युनिस्ट पार्टीले पार्टीको कृषि उत्पादनबाट आत्मनिर्भरता र उद्योग र व्यायवसायबाट आर्थिक समृद्धि भन्ने नारा अन्तर्गत ‘सी गार्मेन्ट’ उद्योग संचालन गरेको छ । उक्त उद्योगको उद्घाटन गर्दै महासचिव न ‘विप्लव` सीले अब देशमा विदेशी हैन स्वदेशी उत्पादनलाई प्रोत्साहन
    गर्दै आर्थिक समृद्धि ल्याउने बताएका छन ।

    नेकपा आफैमा एक आत्मनिर्भर पार्टी हो । नेकपा अहिले अर्थतन्त्रको मार्गमा हिँड्ने पार्टीको रूपमा अगाडि बढेको भन्दै सबैलाई कृषि उत्पादन र ब्यवसायमा लाग्न आग्रह गरेका छन ।

    स्वदेशी उत्पादन र श्रमको सम्मान नगरी आर्थिक क्रान्ति सम्भव नभएको भन्दै नागरिकलाई आर्थिकसंग जोड्न सी गार्मेन्ट सन्चालनमा ल्याएको बताएका छन । यो गार्मेन्ट संचालनमा आएसंगै स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने र यसलाई व्यावसायिक रुपमा लैजान हामी सबै लाग्नुपर्ने बताएका छ

    नेकपाले विभिन्न उत्पादनमूलक उद्योग सञ्चालन गरी पार्टीको आर्थिक सशक्तिकरण गर्ने गार्मेन्टमार्फत उत्पादन गरिएका सामग्रीहरू स्थानीय तथा राष्ट्रिय बजारमा बिक्री गरिने समेत बताएका छन।

    गार्मेन्ट सञ्चालनबाट नेपाली जनतालाई स्वदेशी वस्तु प्रयोग गर्न उत्प्रेरित गर्ने तथा स्थानीय स्रोत-साधनको अधिकतम उपयोग गर्ने उद्देश्य रहेको बताउनु भयो । नेकपाले संचालन गरेको गार्मेन्टको उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य एवम् पूर्व वन मन्त्री अर्जुन केसीले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न यस्ता लघु तथा मध्यम उद्योगहरू आवश्यक रहेको बताएका छन ।

    उत्पादनशील अर्थतन्त्रको विकास र आत्मनिर्भर आर्थिक प्रणालीको आवश्यकता रहेको भन्दै आर्थिक क्रियाकलापमा जोड दिनुपर्ने जोड दिनु भयो ।

    कार्यक्रम लाई सम्बोधन गर्दै शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले नगरपालिकाले उद्यमशीलतालाई प्रवर्द्धन गर्ने नीति लिएको भन्दै उद्योगहरू नगरकै विकासको लागि महत्त्वपूर्ण रहेको बताउदै आगामी दिनहरुमा सबैसित सहकार्य गरेर जाने बताएका छन ।

    त्यसैगरी नेपाली कांग्रेसका जिल्ला उपसभापति हुमकान्त खनाल, नेपाल आदर्श माविका प्रधानाध्यापक मुक्ती पोख्रेल लगायतका अतिथिहरुले उद्योग स्थापनाले रोजगारीको अवसर सिर्जना गर्न योगदान पुग्ने धारणा राख्दै कृषि, उत्पादन र व्यावसायलाई जोडेर जाने हो भने यसले अर्थतन्त्रमा सुधार ल्याउने बताएका छन।

    त्यसैगरी “सी गार्मेन्ट” सन्चालक सन्तोषी सीले आर्थिक सशक्तिकरण, स्वदेशी उत्पादन प्रवर्द्धन र स्थानीय रोजगारी सिर्जना गर्ने र आत्मनिर्भर रहने गरि गार्मेन्ट संचालनमा ल्याएको बताएकी छन ।

    प्रतिकृया दिनुहोस्