

कालिकोट। नेकपा केन्द्रीय सदस्य रणदिपलेे महान जनयुद्ध र एकीकृत जनक्रान्तिका महान सहिदहरु ले बगाएको रगत खेर जान नदिने बताउनु भएको छ ।
पचालझरना गाउकमिटीले आयोजना गरेको ३०अौ जनयुद्द दिवस को अवसरमा , अायोजित सहिद एबं ब्यपत्ता परिवार सम्मान कार्यक्रम लाई सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो।
कम्युनिष्ट पार्टीहरुमा आएको बिभाजन लाई नेकपाको नेतृत्वमा एकताबद्दहुने अभियान सुरु भएको तर पहिला माओवादी घटक हरु बिच एकता गर्ने योजना माओवादी केन्द्र का उदासिनताका कारण एकता हुन नसकेको ठोकुवा गर्नु भयो । जनयुद्दाका उपलब्धीहरु जनयुद्दकै एउटा हिस्सा नेकपा माके कै कारण खतरामा परेको धारणा राख्दै नेकपा ले कुनै पनि हालतमा गुम्न नदिने बरु संघर्षको नेतृत्व गर्ने ठोकुवा गर्नु भयो ।
राजावादीहरुले टाउको उठाएको कुरा लाई ईङ्कित गर्दै कुनै पनि हालत मा प्रतिगामी शक्तीको चाहाना पूरा नउने मरेको लास जिउदिनु र राजतन्त्र फर्किनु एउटै हो भन्नू भयो ।
पार्टी गाउकमिटी सेक्रेटरी लोचन को सभापतित्व केन्द्रीय सदस्य क रणदिपको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा प्रतिनिधि समिती सदस्य दिलमान जिल्ला सचिवालय सदस्य क तखत जर्मन शहिदपरिवार बाट सहिद क भिमसेनको बुबा धुर्ब सेजुवाल क मानव लगायतको आतिथ्यतामा सम्पन्न कार्यक्रममा क सरोज ले स्वागत मन्तब्य दिनु भएको थियो ।
शहिदपरिवार बाट बुबा धुब्र सेजुवाल ले मन्तब्य राख्दै पार्टी एक हुनु पर्ने धारणा राख्नु भयो अन्य बक्ताहरुले शहिदका रगत खेर जान नदिने धारणा राख्नु भयो उक्त कार्यक्रम मा वडा न २ का कलाकार हरुले गित नृत्य र देउडा प्रस्तुत गरेको र कार्यक्रम गाउपालिका कार्यलय सेन्टर पडेक्षा मा भएको थियो ।
उक्त कार्क्रममा हाईब्रेड दातेवखरको वोट चिनो दिनु का साथै नेकपा माके परित्याग गरेर वडा न ४ बाट भुमिनन्द न्यौपाने पार्टी प्रबेश गर्नु भएको थियो।