News Portal

नेकपा कालिकोटद्धारा खुलालुको छिल्पे खोला पुलको शिलान्यास

वसन्त वि क२०८१ माघ १७
480Shares

१७ माघ, कालिकोट । नेपाल कम्युनिष्ट पार्टी कालिकोटले लालु लैफू सडक खण्ड अन्तरगत जिल्लाको माथिल्लो खुलालुको छिल्पे खोला पुलको बुधवार एक कार्यक्रमका बिच शिलान्यास गरेको छ ।
सहिद दिवसको अवसर पारेर नेकपा कालिकोटका जिल्ला इन्चार्ज विवेक सीले एक कार्यक्रमका बिच स्काभेटरले पुलको फाउण्डेसन खनेर शिलान्यास गरेका हुन ।
सिलान्यास कार्यक्रमलाई नेकपाका जिल्ला इन्चार्ज विवेक सीले सम्वोधन गर्दै पार्टीको केन्द्रिय नीति अनुसार जिल्लास्तरमा बिकास निर्माणका कार्यक्रमलाई संगसंगै लैजाने उद्देश्यले माथिल्लो खुलालुको छिल्पे खोलामा पक्की गाडी हिड्ने पुलको शिलान्यास गरिएको बताए ।
उनले नेकपाको विशेष पहलमा निमार्ण सुरु भएको पुललाई तोकिएकै समयमै पुरा गर्ने लक्ष्य रहेको बताए । उनले नेकपाले राजनीतिक,सांगठनिक कार्यसंगै जिल्लामा उत्पादन र विकास निमार्णको कार्यलाई पनि पार्टीले विशेष प्राथमिकता राखेर काम गरिरहेको बताए ।
नेकपाले आफ्नै स्काभेटरको प्रयोग गरेर पुलको फाउण्डेसन निमार्णको कार्यलाई बुधवारवाटै सुरु गरी शिलान्यास गरेको हो ।
यो पुल निर्माणका लागि नेकपाको पहलमा संघीय सरकारबाट आएको बजेटलाई स्थानीय पूर्वाधार विकास कार्यालय सुर्खेत मार्फत टेण्डर आहवान गरिएको थियो । टेण्डर आहवान पछि न्यू साम्लिङ विल्डर्स सप्लायर्स प्रा.लि.ले यसको डेढ करोडमा ठेक्का पाएको थियो । पुल यसै आर्थिक बर्ष भित्र डेढ करोडको कुल लागतमा बनिसक्नु पर्नेछ ।
पुलको शिलान्यास कार्यक्रममा नेकपाका जिल्ला इन्चार्ज विवेक सी सहित केन्द्रीय सदस्यहरु,केन्द्रीय प्रतिनिधि समितिका सदस्यहरु, पार्टीका जिल्लातहका नेता कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
स्मरणरहोसः नेकपाले यसअघि पनि खुलालु माल्कोट सडक खण्डको झण्डै १२ किलोमिटर मोटर बाटो आफ्नै लगानीमा निमार्ण गरेको थियो । नेकपाले यो बाटोलाई समेत थप विस्तार गर्ने लक्ष्य लिएको छ ।

प्रतिकृया दिनुहोस्