News Portal

देश आर्थिक रूपमा कमजोर हुँदा बाह्य हस्तक्षेप बढ्यो : विप्लव 

सुनौलोपोष्ट संवाददाता२०८२ जेठ ३
625Shares

 

 

कैलाली/ नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले देश आर्थिक रूपमा कमजोर हुँदा बिदेशी हस्तक्षेप बढेको बताउनु भएको छ।नेकपा अन्तर्गत सुदूरपश्चिम उत्पादन बिभागद्वारा शुक्रबार कैलालीको रतिपुरमा आयोजना गरेको `किसानसङ्ग विप्लव शीर्षकको कार्यक्रमलाइ सम्बोधन गर्ने क्रममा उहाँले त्यस्तो बताउनु भएको हो।

देश आर्थिक हिसाबले परनिर्भर र बिदेशी रिण अनुदानमा चलेको र राजनीतिक दलहरूले आफ्नो व्यक्तिगत स्वार्थमा देशको दीर्घकालीन हितसङ्ग सम्झौता गरेको बताए ।

मन्तव्यको क्रममा महासचिव विप्लवले शिक्षा, स्वास्थ्य बाटोघाटो लगायत बिकासका केहि कुराहरूमा सुधार भएका छन् तर कृषि लगायत केहि कुरामा गम्भीर रूपमा सोच्नुपर्ने बेला आएको बताए ।

कुनै बेला इष्ट ईन्डिया कम्पनीका कारण करिब २ सय बर्ष भारत पराधीन बनाएको सन्दर्भ उल्लेख गर्दै उहाँले नेपालमा पनि अहिले त्यस्तै अवस्था आएको बताए ।

देशको राजनीतिक बिकृति र दलालीको कारण जनताले पाएको दुखलाई हेर्दा नेपाल कम्युनिस्ट पार्टी कृषि उत्पादन र व्यापारतिर लाग्नुपर्ने बेला आएको बताए

उहाँले पार्टीलाई क्रमश चन्दाबाट मुक्त गर्ने उदेश्यले उत्पादनमा फर्किएको भन्दै त्यस अनुसार उत्पादन सम्बन्धि नीति बनाएको उल्लेख गरे।

अध्ययनहरुले तराईको जमिनबाट मात्रै १२ करोड लाई खान पुर्‍याउन सकिन्छ ।तर अहिले ३ करोड मात्रै जनसंख्यालाई पनि पुगेको छैन । त्यो अवस्थालाई बदल्न पार्टीका नेताकार्यकर्ता श्रमशील बनाएर मात्रै जनता र समाजको वास्तविकता बदल्न सकिन्छ भन्ने आफूहरुको धारण रहेको महासचिव विप्लवको भनाइ थियो।

प्रतिकृया दिनुहोस्