News Portal

  • राइट पथ फरिअर काउन्सिलिङको ठगी धन्दा, बेलायत पठाइदिन्छु भन्दै लाखौं असुली

    सुनौलो पोष्ट संवाददाता२०८१ पौष १९
    १३ पटक

     

    काठमाडौं। पुतली सडकमा रहेकाे राइट पाथ फरिअर काउन्सिलिङले विभिन्न युवालाई बेलायत कामका लागि लैजाने भन्दै लाखौं रकम असुल गरेको पाइएको छ।

    दाङ लगायत पश्चिम नेपालका युवाहरुलाई बेलायतमा काम गर्न लैजाने भन्दै प्रति व्यक्ति २० लाखका दरले असुल गरेको पाइएको हो । पीडित युवाका अनुसार मासिक ५ लाख तलब हुने र प्रतिव्यक्ति ५० लाख लागत लाग्ने भन्दै राइट पाथले पैंसा उठाएकाे थियाे ।

    एक कन्सल्टेन्सीमा भेटिएका पीडित युवाले सुरूमा भिसा आवेदन दिनको लागि २० लाख पैसा बुझाई सकेको र भिसा आइसके पछि ३० लाख दिने सहमति भएको बताए । तर भिसा नआए पछि पैंसा फिर्ता माग्दा राइट पाथबाट धम्की आएकाे उनकाे भनाई छ ।

    यस विषयमा काउन्सिलिङका सञ्चालक फिलिप डिसीले आफूले वर्किङका काम नगरेकाले बताए । सुनाैलाे पाेस्टसँग कुरा गर्दै डिसीले आफूले त्यसो नगरेको, काेही त्यस्तै पीडित भए लिएर आउन चेतावनी दिए ।

    प्रतिकृया दिनुहोस्