News Portal

बढ्यो सुनको मूल्य, प्रतितोला १ लाख ४९ हजार ६ सय पुग्यो

सुनौलो पोष्ट संवाददाता२०८१ मंसिर १२
640Shares

 

 

काठमाडौँ । सरकारले भन्सारदर घटाएपछि लगातार दुई दिन घटेको सुनको मूल्य आज बुधवार बढ्दो मुल्य प्रतितोला १ लाख ४९ हजार ६ सय कारोबार बढेको छ ।

आइतबार सरकारले सुनमा लाग्दै आएको भन्सारदर मध्ये १० प्रतिशत कम गरेको थियो । सोमबार त्यसकैकारण सुन तोलामा १५ हजा ९ सय रुपैयाँ घटेको थियो भने मंगलबार २ हजार ७ सय रुपैयाँले घटेको थियो ।

आज बुधकार भने सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको छ ।

सरकारले सुनको भन्सारमा आधा कटौती गरेपछि घटेको सुनको भाउ भने आज प्रतितोला ९ सयले बढेको हो।

आज छापावाल सुन तोलामा १ लाख ४९ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज चाँदी प्रतितोला १० रुपैयाँले बढेको छ। आज चाँदी तोलाको १८ सय ३० मा कारोबार भइरहेको छ।

 

 

प्रतिकृया दिनुहोस्