News Portal

  • २०८४ मा देश र जनता विरुद्धको षड्यन्त्रको चुनाव हुन दिदैनः प्रकाण्ड सी

    वसन्त वि क२०८१ पौष १६
    ९६ पटक

     

    काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले २०८४ सालमा हुने निर्वाचन देश र जनताका विरुद्धको षड्यन्त्रको रुपमा हुन नदिने उद्घोष गर्नु भएको छ ।

    नेपाल कम्युनिष्ट पार्टीले केन्द्रीय समिति बैठकका निर्णयहरु सार्वजनिक गर्न काठमाडौमा मंगलवार आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै प्रवक्ता प्रकाण्ड सीले यस्तो उद्घोष गर्नु भएको हो ।

    उहाँले एकीकृत जनक्रान्तिको एउटा मोर्चाको रुपमा नेपाल कम्युनिष्ट पार्टी पनि ०८४ को निर्वाचनमा सहभागी हुने बताउदै निर्वाचन देश र जनता विरुद्धको षड्यन्त्रको रुपमा हुन नदिने चेतावनी दिनु भयो ।
    ‘हामी एकीकृत जनक्रान्तिको एउटा मोर्चाको रुपमा निर्वाचनको प्रयाग गर्दैछौ, हामी दल दर्ता समेत गरेर जादैछौ, जनताले भ्रष्टाचारी,साम्राज्यवादका दलालहरुलाई राम्रोसंग चिनेका छन’ उहाँले भन्नु भयो, ‘त्यस्ता दलालहरुको षड्यन्त्रको भण्डाफोर गरिनेछ, देश र जनताको विरुद्धमा चुनाव जान दिईनेछैन ।’

    प्रवक्ता प्रकाण्डले देश अहिले इतिहासकै अफ्ठ्यारो मोडमा उभिएको बताउदै दलाल पुँजीवादले देश संकटमा फसेको बताउनु भयो ।
    ‘दलाल पुँजीवादी व्यवस्थाका विरुद्ध समाजवादी मोर्चा चाहिन्छ,हामी मोर्चाको माध्यमवाट, धुव्रीकरण र एकताको माध्यमवाट देशलाई नेपाली विशेषताको समाजवादमा लिन चाहान्छौ’ प्रवक्ता प्रकाण्डले भन्नु भयो ।
    उहाँले नेपालको राजनीतिक संकटको अग्रगामी निकास अवको नेपाली विशेषताको समाजवाद मात्र भएको ठोकुवा गर्नु भयो ।

    प्रतिकृया दिनुहोस्