News Portal

  • पूर्वमन्त्री अधिकारीलाई उन्मुक्ति दिएको भन्दै माओवादी केन्द्रको आपूर्ति

    सुनौलो पोष्ट संवाददाता२०८१ मंसिर १२
    ४० पटक

     

    काठमाडौं । नेकपा माओवादी केन्द्रले मानव तस्करी प्रकरणमा कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई उन्मुक्ति दिएको भन्दै आपत्ति जनाएको छ ।

    पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको माओवादी पदाधिकारी बैठकले अहिलेको सरकारले मानव तस्करीजस्तो गम्भीर प्रकरणमा मुछिएका अधिकारीलाई उन्मुक्ति दिने काम भएको गरेको भन्दै आपत्ति जनाएको हो ।

    बैठकपछि माओवादी प्रवक्ता अग्नि सापकोटाले मानव तस्करी प्रकरणमा अधिकारीलाई उन्मुक्ति दिने र अन्यलाई मुद्दा चलाउने काम घोर आपत्तिजनक रहेको निष्कर्ष बैठकले निकालेको जानकारी दिए ।

    वर्तमान सरकारले पहिलेदेखि नै भ्रष्टाचारीको संरक्षण गर्दै आएको र अहिले अधिकारीलाई उन्मुक्ति दिने कामले त्यसलाई पुष्टि गरेको उनले बताए ।

    उनले उपनिर्वाचनपछि सरकारविरुद्ध कडा ढंगले खबरदारी गर्ने जानकारी दिए । बैठकले पार्टीका सम्मेलनको कार्यविधि तयार गरेको जानकारी दिँदै सापकोटाले पालिका सम्मेलन र खबरदारी सभा सवै स्थानीय तहमा एकैसाथ गर्ने निर्णय भएको पनि जानकारी दिए ।

    त्यस्तै पदाधिकारी बैठकले निर्वाचन आयोगमा पेस गर्ने विधानलाई अन्तिम रुप दिएको छ ।

     

    प्रतिकृया दिनुहोस्