News Portal

  • अमेरिकाबाट प्रधामन्त्रि फर्किएपछि उपसभामुखमाथि महाअभियोग लाग्छ

    सुनौलो पोष्ट संवाददाता२०८१ आश्विन ११
    ८७ पटक

     

    काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा काठमाडौँ क्षेत्र नम्बर–८ का सांसद विराजभक्त श्रेष्ठले नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाबाट फर्किएपछि उपसभामुखमाथि महाअभियोग लगाउने तयारी गरेको बताएका छन् । श्रेष्ठले उपसभामुखका कारण संवैधानिक परिषदमा भने जस्तो निर्णय गर्न नसकिने भएपछि ओलीले महाअभियोगको अस्त्र प्रयोग गर्ने बताए ।

    ‘कुरो उपसभामुख एउटा पदको मात्र होइन । संवैधानिक परिषद र त्यहाँबाट हुने नियुक्तिहरूको कुरा हो । ती नियुक्तिहरूलाई आफ्नो पोल्टामा, आफ्नो नियन्त्रणमा राख्ने राजनीतिसँग जोडिएको विषय हो । यसले पछि कस्तो असर पार्ला ? नजिर कस्तो बसाउन खोजिँदैछ ?’, एक अनलाइन मिडियासँगको अन्तरवार्तामा उनले भनेका छन् ।

    उपसभामुखका बारेमा एउटा बहाना बनाएर कारवाही गर्न लागिएको भन्दै उनले आपत्ति जनाए । ‘भिसाका लागि उपसभामुखले दूतावासलाई लेखेको पत्रचाहिँ ठिक हो त ?’, भन्ने प्रश्नमा श्रेष्ठले भने, ‘उहाँ अहिले अर्कै भूमिकामा हुनुहुन्छ । त्यसको लागि प्रक्रियामा लगिदिनुस् । तर त्यो बहाना गरेर अर्कै चिज नगर्नुस् ।’

    प्रधानमन्त्री फर्किएपछि फेरि महाअभियोगको कोसिस हुने उनको भनाई छ ।

     

     

     

    प्रतिकृया दिनुहोस्