News Portal

  • काठमाडौं अदालतमा उपस्थित हुँदै रवि लामिछाने

    सुनौलो पोष्ट संवाददाता२०८१ पौष २६
    ८० पटक

     

     

    काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी संग्लगन मुद्दामा धरौटीमा रिहा भएका रास्वपाका सभापति रवि लामिछाने आज (शुक्रबार) काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने भएका छन् । ​लामिछानेविरूद्ध काठमाडौंमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले उनी आफैं अदालतमा उपस्थित हुन लागेका हुन् ।

    कास्की जिल्ला अदालतको आदेश अनुसार बिहीबार ६५ लाख रुपैयाँ धरौटी बुझाएर उनी कास्की प्रहरी हिरासतबाट रिहा भएका थिए । अदालतबाट छुटेपछि प्रहरीले अस्पतालमा स्वास्थ्य परीक्षण गराएर उनलाई परिवारको जिम्मा लगाएको थियो ।

    उनीसँगै पूर्वडीआइजी छविलाल जोशी, रामबहादुर खनाल, पूर्वसांसद मीना गुरुङ, उनका बुवा कृष्णप्रसाद गुरुङ र आरती गुरुङ धरौटी बुझाएर रिहा भएका छन् । लीला पछाईं भने धरौटी बुझाउन नसक्दा कास्की कारागार चलान भएकी छिन् ।

    प्रतिकृया दिनुहोस्