News Portal

  • बैंकिङ कसूर घटनाको प्रकृति हेरेर मात्र सजायको व्यस्था गरौंः अर्थमन्त्री पौडेल

    सुनौलो पोष्ट संवाददाता२०८१ भाद्र २३
    ८५ पटक

    काठमाडौं –  अर्थमन्त्री विष्णु पौडेलले चेक अनादरको प्रवृत्ति बढ्दै गएको र त्यसलाई नियन्त्रण गर्न जरुरी रहेको बताएका छन् ।

    आइतबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा भएको बैंकिङ कसूर तथा सजाय दोस्रो संशोधन विधेयक, २०८० उपर दफावार छलफलमा अर्थमन्त्री पौडेलले चेक अनादर निरुत्साहित गर्ने सँगसँगै कारबाहीको लागि कानूनमा व्यवस्था गरिने प्रवन्ध रियलस्टिक पनि हुनुपर्ने बताए ।

    उनले भने,‘विधेयकको संशोधनको लक्ष्य के हो भने चेक अनादरको प्रवृद्धि बढ्दै गएको छ । त्यसलाई नियन्त्रण गर्न जरुरी छ । त्यसका निमित्त आवश्यक कानुनी प्रवन्ध पनि गर्नुपर्छ । अर्कोतर्फ चेक अनादरको विषय निरुत्साहित गर्न कानूनी तवरले काम कारवाही हुनुपर्छ । कानूनमा गरिने प्रवन्ध रियलस्टिक पनि हुनुपर्यो ।’

    अर्थमन्त्री पौडेलले बैङ्किङ्ग कसूरमा सजाय गल्ती र कमजोरीको प्रकृति हेरेर व्यवस्था गर्नुपर्ने बताए । उनले भने,‘दण्ड गल्तीको कमजोरीको प्रकृति हेरेर हुनुपर्छ । दण्डमा सजाएको प्रवृत्ति निराधार हुनुपर्छ । यी दुई कुरामा हेक्का राख्नुपर्छ ।’

    प्रतिकृया दिनुहोस्