News Portal

  • तनहुँमा भारतीय यात्रुबस दुर्घटना २७ जनाको मृत्यु १६ घाईते

    सुनौलो पोष्ट संवाददाता२०८१ भाद्र ७
    १३३ पटक

     

    नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले २७ जनाको मृत्यु भएको र १६ जना घाइते रहेको जानकारी दिँदै घाइतेहरूको काठमाडौँको शिक्षण अस्पतालमा उपचार भइरहेको बताए। घाइते १६ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको हो।

    पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रुबाहक बस सडकबाट अन्दाजी दुई सय मिटर तल मर्स्याङ्दी नदीमा खस्दा उक्त दुर्घटना भएको हो।

    प्रहरीका अनुसार सो बसमा चालक र सहचालकसहित ४३ यात्रु सवार थिए। पोखराबाट काठमाडौँका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस बिहान ऐना पहरानजिकबाट मर्स्याङ्दीमा खसेको थियो।

    मृत्यु हुने सबैको शव आँबुखैरेनीमा राखिएको छ। भारतीय बस भदौ ४ गते बेलहिया नाकाबाट ८ दिनको रुट पर्मिट लिएर नेपाल भित्रिएको पाइएको छ। २ दिन पोखरा बसेर आज काठमाडौँ आउँदै गर्दा बस दुर्घटनामा परेको हो। २ वटा बस सँगसँगै आउँदा एउटा दुर्घटनामा परेको बताइएको छ।

     

    प्रतिकृया दिनुहोस्