News Portal

  • नबिल बैंकका ग्राहकको लागि खुसीको खबर : ल्यायो यति धेरै अफर

    सुनौलो पोष्ट संवाददाता२०८१ साउन २२
    १२५ पटक

     

    काठमाडौं । नबिल बैंकले आफ्नो ४० औं वर्षका अवसरमा विभिन्न ग्राहकहरूका लागि विशेष बचत प्रस्ताव (अफर)हरू सार्वजनिक गरेको छ ।

    बैंकले आफ्नो आधिकारी फेसबुकपेज मार्फत यस अवसरमा बचत खाता खोल्नेहरूका लागि दुई वर्षसम्म निःशुल्क एटिमकार्ड वा क्रेडिट कार्य उपलब्ध गराउने जनाएको छ ।

     

    त्यसै गरी सोही अवधिसम्म लकर प्रयोग गर्न चाहने ग्राहकका लागि ५० प्रतिशत छुट दिने बैंकले जनाएको छ । त्यसै गरी सोही अवसर पारेर नबिल बैंकले सस्तो ब्याजदरमा ‘नबिल ढुक्क घर कर्जा’ अफर सार्वजनिक गरेको छ ।

     

    बैंकले यस साना तथा मझौला व्यवसायीका लागि एक प्रतिशत आधार ब्याजदरमा ‘एसएमई लोन’ अफर गरेको छ । यसका लागि बैंकले शून्य दशमलव पाँच प्रतिशत प्रशासनिक खर्च व्यहोर्नुपर्ने उल्लेख गरेको छ । यो अफरमा पनि बैंकले दुई वर्षका लागि निःशुल्क क्रेडिट कार्ड उपलब्ध गराउने बताएको छ ।

     

    प्रतिकृया दिनुहोस्