समाचार

राति बाइकमा घरबाट हिँडेका निमराज बिहान मृत भेटिए

पोखरा २६ लेखनाथ, सुन्दरीबजारबाट ३८ वर्षीय निमराज पुन बुधबार राति साढे ९ बजेतिर घरबाट निस्किए।

ग ११ प ८२८१ नम्बरको बुलेट मोटरसाइकलमा निस्कएका निमराज राति कहाँ कहाँ डुले अहिलेसम्म पत्ता लागिसकेको छैन।बिहिबार विबिन पोखराको चाउथेमा उनको शव भेटियो।कास्कीका प्रहरी प्रवक्ता डिएसपी राजकुमार केसीका अनुसार, उनको शव र मोटरसाइकल सडकसँगैको कुलोमा भेटिएको छ।

लकडाउनको समयमा सडक खाली भएकाले उनले ओभर स्पिड चलाएको र मोटरसाइकल नियन्त्रण नभएर दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ। यसबारे थप अनुसन्धान भइरहेको डिएसपी केसीले बताए।

मृतक पुनको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ। पोष्टमार्टम रिपोर्ट र आफन्तसँग बयान लिएपछि थप जानकारी आउने प्रहरीले जनाएको छ।

Related Articles

Back to top button
Close