
१३ बैसाख, जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतको प्रतिष्ठानमा नियम विपरित निरंकुशता हाबी भएको छ ।
उहाँले वैसाख १२ गते करार कर्मचारी सम्वन्धि विज्ञापनको विरोधका बिचबाट जवर्जस्त परिक्षाको मञ्चन गर्दै प्रतिष्ठानमा आफ्ना दातेदार भर्ति गरी निरंकुशताको पुष्टि गर्नु भएको हो ।
परिक्षाको नजितामा अधिकांस उहाँकै नातेदारहरुको नामहरु निकालिएको छ । जुन नामहरु परीक्षा हुनु १ दिन अगाडि नै सार्वजनिक रुपमा मिडियामा आईसकेका थिए ।
मिडियामा जुम्लाको प्रतिष्ठानमा ‘लोकसेवाले लिएकै पदमा पुनःकरार कर्मचारीको विज्ञापन’ पावरको दुरुपयोग, अख्तियारमा उजुरी भन्ने शिर्षकमा समाचार छापिएपछि परीक्षा संयोजक असिष्टेन्ट प्रोफेसर दिपेन्द्र हमालले बैशाख १२ गते राजीनामा समेत दिनु भएको थियो ।
प्रतिष्ठानका केही पदाधिकारीहरुले परिक्षा नलिन सुझाव समेत दिएको समयमा रजिष्ट्रार महतले जसरी पनि परिक्षा लिने हो र मैले चाहेको मान्छे जागिरमा हालेर छोड्ने हो भन्ने सम्मको अभिव्यक्ति दिएर जवर्जस्त परिक्षा सचालन गरि आफ्ना नातेदारहरुका नामहरु निकालेको प्रतिष्ठानका एक कर्मचारीले खुलासा गरेका छन ।
यसमा रजिष्ट्रार महतले ठुलो आर्थिक चलखेल समेत भएको प्रष्ठिानको आन्तरिक श्रोतले बताएको छ ।
परिक्षापछि शुक्रवार साझँ निकालिएका नामहरुमा अधिकांस रजिष्ट्रार महतका नातेदार मात्र देखिएका छन । जसमा विज्ञापनको सि.नं. १५ मा रहेको radio technologist पदमा उहाँका भिनाजु चन्दननाथ नगरापालिका वडा नं. ३ निवासी क्षेत्र बुढ्थापाको छोरी सरला बुढथापाको नाम निकालिएको छ ।
विज्ञापनको सि.नं. १७ मा भएको IT officer विषयमा प्रतिष्ठानका रजिष्ट्रार महतको भान्ज चन्दननाथ नगरापालिका चंडा नं. ५ निवासी उमेश रोकायाको नाम निकालिएको छ ।
यस्तै विज्ञापनको सि.नं. १९ मा भएको Lab Assistant पदमा प्रतिष्ठानका रजिष्ट्रार महतको नातेदार तथा एमाले कार्यकर्ता संगिता कार्की र जनक भण्डारीलाई लिखित परिक्षामा नाम निकालिएको छ । परिक्षामा निकालिएका नामहरुमा पूर्व उपकुलपति मंगल रावत अहिलेका केही पदाधिकारीहरुका आफन्त तथा दातेदारहरु रहेका छन ।
प्रतिष्ठानले गत मंसिर २८ गते लोकसेवा आयोग मार्फत करिव २ सय कर्मचारीहरुको खुल्ला विज्ञापन आहवान गरि फागुन ३ गते लिखित परिक्षाकाे सुचना निकाली परिक्षा समेत लिइसकेको छ । जसको नजिता नआउदै खुल्ला विज्ञापन गरिएकै पदमा करार कर्मचारीको विज्ञापन खोलेर नातेदार भर्ति गरेको महतमाथि आरोप छ ।
प्रतिष्ठानको अनिमियताका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयमा २०८१ साल फागुन १९ गते विज्ञापन रद्दको माग गर्दै उजुरी समेत परेको छ ।
यी तमाम विषयलाई वेवास्ता गर्दै एमाले निकट रजिष्ट्रार महतले आफ्नो समयवधि सकिने बेला प्रतिष्ठानमा नातेदारको भर्ति केन्द्र बनाउनु भएको छ । यसलाई प्रतिष्ठान भित्रकै इमान्दार कर्मचारी, स्वास्थ्यकर्मी तथा जुम्ली जनताले रजिष्ट्रार महतलाई निरंशुकताको प्रराकाष्ठाको रुपमा अर्थाएका छन ।
