News Portal

  • नयाँ सत्ता गठबन्धन प्रतिगमनतिर जाने खतरा रहेको दलित सम्बद्ध ४ संगठनको निष्कर्ष

    सुनौलो पोष्ट२०८१ साउन ४
    ७८ पटक

    काठमाडौ/समाजवादी मोर्चा नेपाल सम्बद्ध चार दलित मोर्चा/ संगठहरुले काङ्ग्रेस एमाले सम्मीलित नयाँ सत्ता गठबन्धन प्रतिगमनतिर जाने खतरा रहेकोले प्रतिगमन विरुद्ध अघि बढ्न आह्वान गरेका छन् ।शुक्रवार एक संयुक्त प्रेस बिज्ञप्ति जारी गर्दै यी संगठनहरुले गणतन्त्र, धर्मनिरपेक्षता र समावेशी समानुपातिक प्रतिनिधित्व जस्ता जनयुद्ध र जन आन्दोलनका उपलब्धि उल्ट्याउन खोजे सरकार विरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

    नेपाल समाजवादी दलित मुक्ति मोर्चा अध्यक्ष शिव बहादुर वर्मा,नेपाल दलित मुक्ति संगठन अध्यक्ष गणेश बिश्वकर्मा,
    नेपाल दलित मुक्ति मोर्चा अध्यक्ष दलजीत श्रीपाली र श्रमिक समुदाय मोर्चा नेपाल अध्यक्ष रामलाल सीद्वारा जारी बिज्ञप्तिमा- दुई ठुला राजनीतिक दल बीचमा संविधान संशोधन गर्दै समानुपातिक प्रतिनिधित्वका आधारमा चुनिएर आउने सांसदलाई राष्ट्रिय सभामा लैजाने, उपराष्ट्रपतिलाई रास्ट्रिय सभाको अध्यक्ष बनाउने, प्रतिनिधिसभा र रास्ट्रिय सभा दुवैको सिटसंख्याबारे पनि पुनर्विचार गर्ने , पालिकाको संख्या ७५३ बाट घटाएर वडाको संख्या वृद्धि गर्ने,प्रदेश सभामा समानुपातिक तर्फको प्रावधान हटाएर प्रत्यक्ष निर्वाचित मात्रै राख्ने ,संविधान पुनरावलोकन गर्न पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा समिति बनाउने (मुलुकमा दुई दलीय राजनीतिक प्रणाली स्थापित गर्ने) आदि सहमति भएको पनि अनौपचारिक रुपमा सार्वजनिक भएको भन्दै यसले देशलाई थप संकट र प्रतिगमनको दिशातिर लैजाने खतरा रहेको उल्लेख गरिएको छ।

    त्यस्तै, बिज्ञप्तिमा २००७ साल देखि मुलुकका हरेक परिबर्तन र आन्दोलनमा योगदान पुर्‍याएको दलित समुदायको तर्फबाट बिधमान सरकारमा एक जना मन्त्री समेत नराखिनु गम्भीर बिषय भएको भन्दै चार संगठनहरुले संविधान र राजनीतिक उपलब्धिको रक्षा गर्नु अहिलेको प्रमुख कार्यभार भएको समेत बताएको छ।

    यस्तो छ विज्ञप्तिको पूर्ण पाठ:

    प्रतिकृया दिनुहोस्