News Portal

  • काठमाडौँमा समाजवादी युवा मोर्चाको विशाल विरोध प्रदर्शन

    सुनौलो पोष्ट संवाददाता२०८१ माघ १९
    800Shares

     

    काठमाडौँ । समाजवादी युवा मोर्चाले भ्रष्टाचार, कालोबजारी र महंगीका विरूद्ध तथा जनजीविकाको पक्षमा काठमाडौँमा विरोध प्रदर्शन गरेको छ।

    योङ कम्युनिष्ट लिग, युवा संगठन नेपाल, युवा संघ नेपाल र नेपाल समाजवादी युवा संघ सम्मिलित मोर्चाको विरोध प्रदर्शन माइतीघर मण्डलबाट सुरु भएर नयाँ बानेश्वरमा पुगी कोणसभामा परिणत भएको थियो।

    कोणसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपालका अध्यक्ष दिनेश सी ले बढ्दो महंगीले किसान मजदुर लगायत सबै जनताको जनजीवन कष्टकर भएको र राज्य त्यसमा मुख दर्शक भएको वताएका छन्। उनले राज्य गम्भीर संकटमा परेको बताउँदै सबैखाले समस्या समाधान गर्न नेपाली विशेषताको समाजवाद लागु गर्नु पर्ने वताएका छन्। त्यसका लागि सबै प्रगतिशील देश भक्त शक्तिहरु बीच एकता हुनु पर्ने जनाएका छन्।

    प्रदर्शनकारीले नेकपा र राज्यबीच भएको ३ बुँदे सहमित कार्यान्वयन गर, महङ्गी नियन्त्रण गर, भ्रष्टाचारी कारवाही गर, सम्पूर्ण प्रगतिशील वामपन्थी तथा देशभक्त युवाहरू एक होऔँ, भ्रष्टचारीलाई संरक्षण गर्नु जघन्य अपराध हो, सुशासन कार्यान्वयन गर आदि लेखिएका प्लेकार्ड बोकेका थिए।

    हालको गठबन्धन सरकारविरुद्ध समेत नारा लगाएका प्रदर्शनकारी ‘संयुक्त विरोध प्रदर्शन’ लेखिएको ब्यानर बोकेर अघि बढेका थिए।

    प्रतिकृया दिनुहोस्