News Portal

  • अब माओवादी कसकौ वैशाखी नटेकी एक्लै लड्ने :प्रचण्ड

    सुनौलो पोष्ट संवाददाता२०८१ मंसिर १९
    ३० पटक

     

    काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी अब कसैको वैशाखी नटेकी आफ्नै खुट्टामा उभिएर लड्ने जिकिर गरेका छन् ।

    गणतन्त्र सेनानी कोषले राष्ट्रिय नाचघर जमलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आफ्नो पार्टीलाई अपमानित गर्नेहरूविरुद्ध लडाईं लड्न अगाडि बढेको दाबी गरे । प्रतिक्रियावादीहरुको हर्कतलाई परास्त गर्न जनता समक्ष पुग्नुपर्ने पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डको भनाई थियो । यो संगै उनले नयाँ जनक्रान्तिको आवश्यकता रहेको समेत दाबी गरेका छन् ।

    “सबै क्रान्तिकारी पार्टीहरूलाई एकताबद्ध गर्ने र ठूलो एउटा नयाँ जनक्रान्तिको आवश्यक छ । त्यो क्रान्तिको सुरुवात हामीले गरेका छौं” प्रचण्डले भने भ्रष्टाचारविरोधी अभियान, सामाजिक न्याय र आर्थिक समृद्धिको उद्देश्यका लागि उक्त आन्दोलन सुरु गरिएको उनले बताए । “एउटा नयाँ क्रान्ति आवश्यक परेको छ । प्रतिक्रियावादीहरूका प्रतिगमनकारी हर्कतलाई परास्त गर्नका लागि जनताको बीचमा गएर एउटा नयाँ आन्दोलन सुरु गर्ने आवश्यकता भएको छ,” प्रचण्डले थपे

    “प्रतिगमनतिर जाने र जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई कमजोर पार्ने, खोस्ने जो षड्यन्त्र भएको छ, त्यसलाई परास्त गर्नका लागि एकचोटी अगाडि जानुछ । म त बाटो लागिसके,’ प्रचण्डले भने, ‘मैले अब माओवादी कसैको वैशाखी टेक्दैन, आफ्नै खुट्टामा उभिएर लड्छ ।

    û

    प्रतिकृया दिनुहोस्