News Portal

  • अविरल वर्षाका संगै आएको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध

    सुनौलोपोष्ट संवाददाता२०८१ भाद्र ५
    १२३ पटक

    जुम्ला । निरन्तर परेको अविरल वर्षासँगै पहिरो गएपछि कर्णाली राजमार्ग अवरुद्ध भएको छ । सुर्खेत-जुम्ला सडक खण्ड अन्तर्गत मंगलबार रातीदेखि परेको अविरल वर्षाले कालिकोट जिल्लाको एसमोड र हुल्ममा पहिरो आउँदा आज बिहानैदेखि राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाका सुचना अधिकारी वीर बहादुर जिटीले जानकारी दिए ।

     

    बाढी पहिरोले बन्द भएका सडक खुलाउने काम भइरहेको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी जिटीले जानकारी दिए । विशेषगरी वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालीकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा बारम्बार पहिरो जाने गरेको छ ।

     

    यी जोखिम ठाउँहरुमा सडकको स्तरउन्नती सम्बन्धि निकायको ध्यान जान नसक्दा कर्णालीका आम नागरिकले दुःख पाउँदै आएका छन् । सडक बन्द हुँदा जुम्ला, मुगुबाट सुर्खेत, नेपालगन्ज र काठमाडौं जाने सवारीसाधन बिच बाटोमा रोकिँदा सयौँ यात्रुहरू अलपत्रमा परेका छन् ।

     

    प्रतिकृया दिनुहोस्