News Portal

नटिप कहिल्यै पनि

सुनौलो पोष्ट २०८१ साउन ४
855Shares

म बालक बनी बस्छु काेपिला फूल बीचमा

म फुल्छु याैवना बन्दै फक्रँदाे फूल रुपमा ।

नटिप्नू हातले फूल लाग्दछन् अति सुन्दर

म देव फूलमै रम्छु नटिप हेर सुन्दर ।।

सर्वशक्ति छ याे मातृशक्ति नै फूलमा सधैँ

म रम्छु फूलमै हेर पाप छन् टिप्नुमा अझ‌ै।

निमाेठी नछरेस् माथ दया छ मनमा भने

सम्झ याे बैँसमा आफै निमाेठियाै तिमी भने ।।

सुन्दरता यसैमा छ भन्छ याे फूल फुल्दछु

पूर्ण आयु खुसी बाँड्दै बाेटमै म रमाउँछु ।

नचढाऊ कतै फूल म स्वयं नै छु ईश्वर

शुद्ध याे जल अर्पेर बनाऊ दङ्ग ईश्वर ।।

नटिप्नू फूल याे काेही फुङ्ग उड्दछ सृष्टि नै

दङ्ग खुसी कहाँ मिल्छ निमाेठी द्वदृष्टि नै ।

सुन्दरता नछाेइ हेर भनेझैँ फूलमा पनि

हेर दङ्ग परी हाँस नटिप तर क्वै पनि ।।

ईश्वरकाे छ नै रुप वासना मग्मगाउँछ

जाे टिप्छ ऊ दुखी हुन्छ त्यसैले दुःख पाउँछ।

फूल राेप त्यही गाेड नटिप कहिल्यै पनि

सुख सन्तुष्टि छन् हेर रमाऊ त्यसमै अनि ।।

(हरिभक्त सिग्देल “महेश”  प्रहरी नायव उपरिक्षकबुढानिलकण्ड नं. पा. वडापुर्व नं.-९, बरफेदी, मण्डिखाटार “हरिको घर” काठमाडौं।)

प्रतिकृया दिनुहोस्