News Portal

  • नेकपा पचालझरना गाउकमिटी को १०अौ पुर्ण बैठक सम्पन्न

    सुनौलो पोष्ट संवाददाता२०८१ माघ २४
    780Shares

    कालिकोट। नेकपा पचालझरना गाउकमिटी को १०अौ पुर्ण बैठक सम्पन्न भएको छ। बिहिबार सुरु गरेको वैठकको गाउकमिटी ईन्चार्ज रणदिपले अध्यक्षता गरेका थिए।

    जिल्ला ईन्चार्ज एबं केन्द्रीय सदस्य बिबेक सी को प्रमुख आतिथ्यता केन्द्रीय प्रतिनिधि समिति सदस्य दिलमान जिल्ला कमिटी सचिवालय सदस्य तखत, दिगदर्शन को अातिथ्यता मा सम्पन्न बैठक ले अभियानात्मक रुपमा राजनितिक बैचारीक र संघर्षका काम हरु सम्पन्न गर्ने , उत्पादन का काम हरु लाई ब्यबस्थित गर्ने जस्ता महत्वपुर्ण निर्णय गरेको छ ।

    उक्त बैठक मा मन्तब्य राख्दै प्रमुख अतिथी बिबेक सी ले कम्युनिष्ट पार्टी को काँधमा सिङ्गो देश बनाउने अोझपुर्ण अभिभारा आएको र उक्त अभिभारा पूरा गर्ने दाहित्व नेता कार्यकर्ता हरुको भएको मा उत्साहाका साथ लाग्न निर्देशन दिनु भएको थियो । नेपालका राजनितिक दल हरु पुरै भ्रष्ट भै सकेका ले सम्पुर्ण शक्ति नेकपा वरीपरी गोलबन्द हुने ठोकुवा गर्नु भयो ।

    उक्त बैठक मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) परित्याग गरि जर्मन, नवीन र प्रदिपे सी ले पार्छी प्रबेश गर्नु भयो र प्रमुख अतिथी ले खादा अबिर ले स्वागत गर्नु भयो । नव प्रबेशिका जर्मन ले नेकपा माके मा बढ्दै गएको नातावाद कृपावाद भ्रष्टाचार ले पुरै लिप्त भएका ले त्यो पार्टी छोडेको कुरा राख्नु भयो साथै उहाँले पार्टी एकता भन्ने तर भित्रीरुपमा माके पार्टी एकता नगर्ने पक्षमा रहेका ले बिद्रोह गरेको भन्नू भयो ।

    उक्त बेठक को समापन गर्दै पालिका ईन्चार्ज रणदिपले जस्ले जे भने पनि अबको देशको शक्तीशालि बैकल्पिक शक्ति नेकपा भएरै छाड्ने र निश्चिन्ताका साथ योजनामा खट्न निर्देशन दिदै बैठकको समापन गर्नु भयो ।

    प्रतिकृया दिनुहोस्