News Portal

  • पाँच लाख नदिदा समाचार लेखेको रजिष्ट्रार महतको भनाई निराधार, कपोलकल्पितः पूर्वअध्यक्ष शाही 

    सुनौलोपोष्ट संवाददाता
    1.9kShares

    १६ वैसाख, जुम्ला । नेपाल पत्रकार महासंघ नेपाल जुम्ला शाखाका पूर्व अध्यक्ष नेत्र शाहीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका रजिष्ट्रार नृपेन्द्र महतले पाँच लाख नदिदा समाचार लेखेको भनेर दिएको अभिव्यक्ति निराधार र कपोलकल्पित भएको भन्दै घोर भत्र्सना गर्नु भएको छ ।

    सोमवार एक प्रेश विज्ञप्ति जारी गर्दै महासंघका पूर्व अध्यक्ष शाहीले पाँच लाख नदिदा समाचार लेखेको भनेर दिएको अभिव्यक्ति निराधार र कपोलकल्पित भएको भन्दै घोर भत्र्सना गर्नु भएको हो ।

    पूर्व अध्यक्ष शाहीले वैशाख १४ गते महतले आफ्नो नाम जोडेर रु पाँच लाख रुपैया मागेको र पैसा नदिदा पछिल्ला समाचार आएको भन्ने लाल्छना तथा आरोप लगाएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको पनि विज्ञप्तिमा उल्लेख गर्नु भएको छ ।

    विज्ञप्तिमा भनिएको छ ‘समाचार लेखेको झोकमा, पत्रकारिता क्षेत्रलाई निरुत्साहित गर्ने हिसाबले महतले पत्रकार भेटघाट मार्फत नेपाल पत्रकार महासंघ शाखा जुम्लाले मेरो कार्यकालमा गरिएका महासंघको कोसेली प्रकाशन जस्तो राम्रो कामलाई बङ्ग्याउदै नामै तोकेर कोरपाटी डटकमतिर मोडेर म तत्कालिन अध्यक्ष नेत्रबहादुर शाहीलाई पैसा मागेको आरोप सत्य होईन ।’

    ‘बरु पत्रकारले लेखेका सत्य समाचारको कमजोरी ढाकछोप गर्न, भ्रम छर्ने, लज्जास्पद विषयको पर्दाफास भएको छ’ विज्ञप्तिमा उल्लेख गर्दै भनिएको छ ‘यो आरोप सिंगो पत्रकार महासंघ, पत्रकार माथिको हमला समेत हो । उहाँलाई यति थाहा हुनुपर्ने हो कि कानून अनुसार सञ्चालन भईरहेका सञ्चार माध्यामले आफ्नो कर्मगरेर सम्झौता अनुसार काम गर्ने अधिकार हो ।’

    पूर्व अध्यक्ष शाहीले महतको यो अभिव्यक्ति निराधार, कपोलकल्पित तथा गलत भएकाले सच्याउन अनुरोध समेत गर्नु भएको छ । विज्ञप्तिमा अन्यथा पत्रकार र समग्र पत्रकारिता पेशालाई नै निरुत्साहित तथा आँच आउने गरी गरिएको कार्यविरुद्ध न्यायिक निकायमा जान बाध्य हुने चेतावनी दिएको छ ।

    स्मरणरहोसः केही दिनअघि प्रतिष्ठानमा कर्मचारी भर्ना सम्वन्धि नियम विपरित भएको परिक्षाको अनियमितिा वारे विभिन्न मिडियामा समाचारहरु प्रकाशित भएका थिए ।

    प्रतिकृया दिनुहोस्