१५ मंसिर, कालिकोट । नेपाल कम्युनिष्ट पार्टी कालिकोटलाई माओवादी आन्दोलनका पुराना पाका नेता तथा नेकपाका सल्लाहकार समिति सदस्य आईटम सीले आफ्नो नाममा रहेको १ हजार वर्गमिटर जग्गा हस्तान्तरण गरेका छन ।
शान्नित्रिवेणी गाउँपालिको मुम्रा स्थित लातामा रहेको पुर्जावाला जग्गा नेता आईटम सीेले शुक्रवार एक कार्यक्रमका बीच जिल्ला पार्टीलाई हस्तान्तरण गरेका हुन ।
नेपाल कम्युनिष्ट पार्टी देशभर उत्पादन अभियानमा लागेको र देशलाई आत्मनिर्भर बनाउने उद्देश्य राखेकाले पार्टीको नाममा हुने गरी जग्गा निशुल्क हस्तान्तरण गरिएको नेता आईटम सीले बताए ।
नेता आईटम सीले विगत जनयुद्धकालमा जनमुक्ति सेनाको हात हतियार बनाउने,मर्मत गर्ने लगायतको प्राविधिक विभागमा रहेर महत्वपूर्ण योगदान गरेका थिए ।
उनले अहिले पनि माओवादी कम्युनिष्ट आन्दोलनको लागि एउटा प्रेरणाको पात्र बन्दै पार्टीलाई आफ्नो निजी जग्गा हस्तान्तरण गरेका छन । नेपाल कम्युनिष्ट पार्टी कालिकोट जिल्ला इन्चार्ज विवेक सी र जिल्ला सेक्रेटरी बलवान सीको उपस्थितिमा जग्गा हस्तान्तरण गरेका हुन ।
हाललाई जग्गा दिएको घरायसी काज गरिएको र केही समयमा पार्टीको इन्चार्ज सेक्रेटरीको नाममा रजिष्टे«शन पास गरिदिने नेता आईम सीले बताए ।
सो अवसरमा नेकपाका जिल्ला इन्चार्ज विवेक र सेक्रेटरी बलवान सीले पार्टीलाई निशुल्क जग्गा हस्तान्तरण गरेकोमा पुराना नेता तथा सल्लाहकार आईटम सीलाई विशेष धन्यावाद दिएका छन । पार्टीलाई हस्तान्तरण गरिएको जग्गामा जिल्ला पार्टीले ओखर तथा स्याउ खेति गर्ने इन्चार्ज विवेक सीले जानकारी दिए ।
जग्गा हस्तान्तरण कार्यक्रमा जिल्ला ईन्चार्ज, सेक्रेटरीका साथै जिल्ला पार्टी सल्लाहकार सदस्य निर्माण सी,महाबै गाउँपालिका इन्चार्ज बिषम सी, सहिद जमिनको बुवा सुनामे लुवार लगायतको आतिथ्यता रहेको थियो ।
मुम्रा गाउँकमिटि सेक्रेटेरी सुबाश सीको अध्यक्षतामा हस्तान्तरण कार्यक्रम भएको थियो ।
नेकपालाई आईटम सीले गरे १ हजार वर्गमिटर जग्गा हस्तान्तरण
बसन्त बि क२०८१ मंसिर १५
- हजारौं युवाका लागि सुनौलो अवसर रोजगार दिँदै बी सवारी
- दलाल पुँजीवाद र साम्राज्यवाद विरोधी मोर्चामा एमाले पनि आउनुपर्छ : प्रवक्ता प्रकाण्ड
- सक्षम र इमान्दार उम्मेदवार नै सबैको रोजाइको बिषय हुन्छ : वसन्त
- नेपाल प्रहरीका लागी विभिन्न पदमा नयाँ भर्ना खुल्यो
- नेपाल पत्रकार महासंघ कालिकोट शाखामा खुल्ला सदस्यको लागि बिनित कुमार तिरुवाको उमेदवारी
- प्रधानमन्त्री ओलीले चीनसँग एकैदिन गरे ८ सम्झौता
- तीन दलसँगको एकता वार्ता सकारात्मक : प्रचण्ड
- उपनिर्वाचन अपडेट सबैभन्दा कम मत खस्ने वडा बन्यो काठमाडौं-१६
- पत्रकार महासंघको चुनावमा : कमल गिरी नेतृत्वको संयुक्त प्यानल भिड्ने
- पत्रकार महासंघको चुनाव तयारीबारे जनपत्रकार संगठनमा छलफल