तत्कालीन नेकपा (माओवादी) पार्टीले महान जनयुद्धको संखनाथ गरेपछि रास्ट्रिय अन्तरास्ट्रिय शक्तिहरु थर्कमान भयो । तत्कालीन राज्यको लागि मुख्य समस्या माओवादी बिद्रोह भयो, देशी बिदेशी प्रतिक्रियावादीहरुले माओवादीलाई फुटाएर राज गर्ने अनेक प्रयत्न गरे। जनयुद्व कालभरी सफल भएनन् यो अस्त्रबाट असफल भएपछि सामान्तबादको नाईके देखी सामान्तबादको रक्षकहरु आफ्नै सम्पर्क सुत्रबाट माओवादी सँग बार्ता गर्न चाहान्थे। ज्ञानेन्द्रले लात्ती हानिसकेपछी तत्कालीन ७ दलको टोलिले माओवादी सँग बार्ता अघि बढायो सार्थक निष्कर्ष पनि निस्कियो त्यस पश्चात जब माओवादी शान्ति प्रक्रियामा फर्कियो त्यो फुटाउ र राज गरको निति पुनः प्रयोग गरियो।
जनयुद्धको क्रममा एकढिक्का भएको पार्टी टुक्रा टुक्रा भएर वा गरेर, गएका १८ बर्षमा प्रतिक्रियावादी शक्तिहरु एकहद सम्म सफल भएको छ। यो विशिष्ट मोडमा बिभाजित नेतृत्वले आ-आफ्नो ठाउँमा गम्भीर समिक्षा गर्न त पर्छ नै मुलतः आत्मसमिक्षा गर्न आबश्यक छ तर समिक्षाको नाममा आफ्नो शरीरको हात्ती नदेख्ने अरुको जिउको जुम्रा देखाएर प्रत्यालोचना गरेर ती बिभाजित भएर गाको नेताहरुलाई आलोचित भएर मुलघरमा फर्किन आब्हान गर्ने, यो तरिकाले माओवादी एकीकरण होइन बिखण्डन तिर डोर्याउछ। माओवादी बिभाजन पछी कुन धार शक्तिशाली र प्रभाबकारी भाको छ र सबैका हालत भनेको ओरालोको यात्रा नै हो ।
हामी कोही कार्यदिशामा चुक्यौ, कोहि कार्यशैलीमा चुक्यौ गल्तीहरु सबै तहमा छन अनि आ-आफ्नो तरिकाको प्रयोगबाट समेत सिक्यौ । अब एकले अर्कोलाई होच्याएर निच्याएर आफू अब्बल ठहरिएर एकीकरण हुदैन, सबैको मान र ईज्जत कायम राखी नयाँ आधारमा नयाँ एकता गरौं।
प्रचण्ड-अध्यक्ष (बिचारक)
किरण- दार्शनिक
लालध्वज- बौद्धिक
बिप्लब- फिल्ड कमान्डर
लगायत अन्य बरिस्ठ नेताको विशिष्ट भुमिकाले नै महान जनयुद्धले विजयको निकट पुर्याएको थियोे।
बदलिएको परिस्थितिमा बिचार र कार्यनीतिको साझा निष्कर्ष निकाली उल्लेखित नेताहरुको साङ्गठनिक ब्याबस्था बैज्ञानिक तरिकाबाट गरौ । समाजबादी क्रान्तिलाई पुर्णता दिन सर्बप्रथमत: माओवादी बिचको एकीकरण र अन्त्यमा नेपालमा छरिएर रहेका कम्युनिस्ट पार्टी बिचको बृहत एकीकरणबाट नै समाजबादको यात्रा पूरा हुन्छ । एकताबाट आफ्नो पद गुम्ला कि भनेर रुईलो गर्ने होइन समग्र आन्दोलनले राजनीति उचाई हासिल गर्यो भने क्षमता र दक्षता भएका लिडर क्याडरको भुमिका त्यहीबाट अबश्यभाबी बन्छ ।