News Portal

  • आज समाजवादी मोर्चाको बैठकले कस्तो निर्णय गऱ्यो

    सुनौलो पोष्ट संवाददाता
    370Shares

     

    काठमाडौं : समाजवादी मोर्चाको बैठक आज बस्ने भएको छ। आज बिहान बसेको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पश्चात समाजवादी मोर्चाको बैठक बोलाइएको हो।

    पछिल्लो समय हिन्दुवादी, राजावादी सक्रियता बढेकाले कसरी सामना गरेर जाने भन्ने विषयमा मोर्चाको बैठक छलफल हुने माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

    उनले भने, ‘प्रतिगामी शक्तिको प्रतिरोधमा काउन्टर जुलुस निकाल्ने निर्णय छ। समाजवादी मोर्चामा आबद्ध दलहरूसँग छलफल गरेपछि प्रतिरोध जुलुस निकाल्ने निर्णय भएको छ ।’

     

    बैठकपश्चात आधारभूत विचार मिल्ने गणतन्त्र पक्षधरहरूको प्रदर्शन गर्ने माओवादीले निर्णय गरेको हो। माओवादीले राजावादीहरूको आइतबारको कार्यक्रममा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर पनि प्रदर्शन हुनु गम्भीर चिन्ताको विषय भएको जनाएको छ।

    मोर्चामा नेकपा मा‌ओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा रहेका छन्। यस अगाडिको बैठकमा समाजवादी मोर्चाले चैत २४ गते सरकारविरुद्ध जनप्रदर्शनसहितको सभा गर्ने निर्णय गरेको थियो। देशमा स्वाधीनताको मुद्दामा समस्या देखिएको, जनजीविकाको विषय जटिल बन्दै गएको, राज्य सञ्चालकको चरित्र गणतन्र विरोधी देखिएको र बहुदलीय व्यवस्थालाई कमजोर बनाउने देखिएकाले जनप्रदर्शनसहितको सभा गर्ने निर्णय गरेको थियो। त्यसैगरी चैतको पहिलो साता मधेसमा जनप्रदर्शनसहितको सभा गर्ने निर्णय भएको थियो।

     

    प्रतिकृया दिनुहोस्