२० मंसिर, काठमाडों । जनपत्रकार संगठन नेपालले नेपाल पत्रकार महासंघको निर्वाचनमा सहभागी हुनका लागि आन्तरिक संगठनमा छलफल सुरु गरेको छ ।
आगामी मंसिर २८ गतेका लागि तोकिएको महासघको निर्वाचनमा संगठनलाई कसरी फलदायी बनाउने ? भन्ने बारे छलफल सुरु गरेको जनपत्रकार संगठनले जनाएको छ ।
संगठनको विहिवार बसेको भर्चुअल बैठकमा चुनावमा सहभागी हुनेबारे छलफल भएको संगठनका केन्द्रीय अध्यक्ष शेरवहादुर विश्वकर्माले जानकारी दिए ।
बैठकमा सहभागी केन्द्रीय सदस्यहरुले निर्वाचनमा जानु पूर्व सदस्यता विवाद समाधानमा जोड दिनु पर्ने, वामपन्थी पत्रकारहरुको साझा मोर्चा बनाउने तिर जोड दिनु पर्ने र महासंघको केन्द्रीय समितिमा सम्मानजनक सहभागीता हुनुपर्ने विचार राखेका छन ।
बैठकमा संगठनका अध्यक्ष शेरवहादुर विश्वकर्माले अहिले सम्म निर्वाचनको बारे अन्य संघ संगठनहरु संग भएका छलफल,वार्ता र उपलव्धीका विषय जानकारी गराएका थिए ।
उनले सत्ता गठबन्धनसंग आस्था राख्ने प्रेस चौतारी र प्रेस युनियनको संयुक्त गठबन्धन एकातिर र प्रेस सेन्टर सहित साना संगठनहरुको अर्को गठवन्धन अर्कोतिर हुने जस्तो अवस्था देखिएको बताए ।
उनले निर्वाचन भएकाले यसै भन्न नसकिने अवस्थामा महासंंघको निर्वाचन पुगेको बताए । ‘वामपन्थी पत्रकारहरुका संगठनका नेताहरु वार्ता र छलफलमै छौ’ उनले भने ‘सहमति के कसरी अगाडि बढछ यसै भन्न सकिदैन, चुनावमा हाम्रो संगठन जान्छ, जिल्ला– जिल्लामा निर्वाचन तयारीमा लाग्नु होस्,।’
पत्रकार महासंघको चुनाव तयारीबारे जनपत्रकार संगठनमा छलफल
बसन्त बि क२०८१ मंसिर २०
- हजारौं युवाका लागि सुनौलो अवसर रोजगार दिँदै बी सवारी
- दलाल पुँजीवाद र साम्राज्यवाद विरोधी मोर्चामा एमाले पनि आउनुपर्छ : प्रवक्ता प्रकाण्ड
- सक्षम र इमान्दार उम्मेदवार नै सबैको रोजाइको बिषय हुन्छ : वसन्त
- नेपाल प्रहरीका लागी विभिन्न पदमा नयाँ भर्ना खुल्यो
- नेपाल पत्रकार महासंघ कालिकोट शाखामा खुल्ला सदस्यको लागि बिनित कुमार तिरुवाको उमेदवारी
- प्रधानमन्त्री ओलीले चीनसँग एकैदिन गरे ८ सम्झौता
- तीन दलसँगको एकता वार्ता सकारात्मक : प्रचण्ड
- उपनिर्वाचन अपडेट सबैभन्दा कम मत खस्ने वडा बन्यो काठमाडौं-१६
- पत्रकार महासंघको चुनावमा : कमल गिरी नेतृत्वको संयुक्त प्यानल भिड्ने
- पत्रकार महासंघको चुनाव तयारीबारे जनपत्रकार संगठनमा छलफल