News Portal

  • विश्वको चौथो ठुलो तेल र ग्यासको भन्डार भेटियो पाकिस्तानमा

    सुनौलो पोष्ट संवाददाता२०८१ भाद्र २३
    ७९ पटक

    काठमाडौं । पाकिस्तानको भूगोलभित्र पर्ने समुद्रमा भारी मात्रामा पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यासको भन्डार भेटिएको छ ।

    समुद्री क्षेत्रको तेल र ग्यास भन्डार पुष्टि गर्न पाकिस्तानले एक मित्र देशसँगको सहकार्यमा तीन वर्षीय सर्वेक्षण गरेको थियो  । यसबारे सम्बन्धित विभागले सरकालाई सूचित गरिसकेको बताइएको छ ।

    यतिबेला भन्डारबाट तेल र ग्यास निकाल्ने परियोजनाको बोलपत्र आह्वान र उत्खननबारे अध्ययन भइरहेको बताइएको छ । उत्खननको काम निकट भविष्यमै सुरु गर्न सकिने बताइएको छ ।

    तर तेल निकाल्न भने कयौँ वर्ष लाग्न सक्ने अधिकारीहरुले बताएका छन् । केहीले पाकिस्तानमा भेटिएको तेल तथा ग्यास भन्डार विश्वको चौथो ठुलो भएको अनुमान गरेका छन् ।

    प्रतिकृया दिनुहोस्