News Portal

अन्तर्राष्ट्रिय श्रमिक दिवस फागुन २४ (मार्च ८) का दिन मनाइन्छ

सुनौलो पोष्ट संवाददाता
1.4kShares

यसको इतिहास १९०८ देखि सुरु हुन्छ, जब अमेरिका (न्युयोर्क) मा कामदार महिलाहरूले काम गर्ने घण्टा कम गर्न, राम्रो तलब, र मतदान अधिकार माग गर्दै प्रदर्शन गरेका थिए। त्यसपछि १९१० मा डेनमार्कको कोपेनहेगनमा भएको अन्तर्राष्ट्रिय समाजवादी महिला सम्मेलन मा जर्मन समाजवादी नेतृ क्लारा जेट्किन ले प्रत्येक वर्ष महिलाहरूको अधिकारको लागि विशेष दिन मनाउन प्रस्ताव राखेकी थिइन्।

१९११ मा यो दिवस पहिलो पटक अष्ट्रिया, डेनमार्क, जर्मनी, र स्विजरल्याण्डमा मनाइएको थियो। तर, १९७७ मा संयुक्त राष्ट्रसंघले मार्च ८ लाई औपचारिक रूपमा अन्तर्राष्ट्रिय नारी दिवसको रूपमा स्वीकार गर्‍यो। त्यसयता विश्वभर विभिन्न कार्यक्रम, र्‍याली, र सचेतना अभियानहरू गर्दै महिलाको अधिकार, समानता, र सशक्तीकरणको आवाज उठाइन्छ।

नेपालमा पनि नारी दिवस उत्साहका साथ मनाइन्छ, जसमा महिलाको अधिकार, सामाजिक न्याय, लैङ्गिक समानता, र सशक्तीकरणका विषयमा बहस, छलफल, र कार्यक्रमहरू गरिन्छ।

 

प्रतिकृया दिनुहोस्