News Portal

  • एमसीसी खारेज नभएसम्म नेपाल दोस्रो युक्रेन बन्ने खतरा छ : देव गुरुङ

    सुनौलो पोष्ट संवाददाता२०८१ भाद्र १८
    ७६ पटक

     

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले अमेरिकी आर्थिक सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी)को विपक्षमा उभिन आग्रह गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले मङ्गलवार राजधानीमा गरेको कार्यक्रममा बोल्दै उनले एमसीसीको विरोध गर्न आग्रह गरेका हुन् ।

    अमेरिकाको सैन्य रणनीति अन्तर्गत नेपालमा एमसीसी ल्याइएको दाबी गर्दै उनले सबै मिलेर यसको प्रतिवाद नगरे देश दोस्रो युक्रेन बन्ने खतरा रहेको बताए ।

    ‘अमेरिकाको रणनीतिमा बस्यो भने नेपाल दोस्रो युक्रेन बन्ने खतरा रहेको छ । सम्पूर्ण वामपन्थी, राष्ट्रवादी शक्तिहरूलाई एकढिक्का भएर प्रतिवाद गर्न म आग्रह गर्छु । सबै मिलेर प्रतिवाद गर्न सकियो भने हाम्रो मुलुक सदाका लागि स्वाधीन बन्नेछ’, उनले भने

    गुरुङले चीनलाई घेराबन्दी गर्न एमसीसीमार्फत अमेरिकाले आइपीएस, एसपीपी सैन्य रणनीति लाद्न खोजेको दाबी गरे ।

    ‘अमेरिकी सैन्य रणनीतिको हिसाबले ब्याक भएका छैनन् । प्रत्यक्ष एसपीपीको हिसाबले लागु नगरे पनि विचार, नीति हिसाबले ब्याक भएका छैन’, उनले भने, ‘उनीहरूले सोझै सैनिक ल्याएर क्याम्प बनाउन भन्दा पनि बढी भन्दा बढी सूचना केन्द्र बनाउन खोजेको छ । हामीले खबरदारी गर्न नसकिए राष्ट्रिय स्वाधीनता गुम्ने खतरा छ ।’

    कार्यक्रममा उनले बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले अमेरिकी सैन्य क्याम्प राख्न टापु राख्न नदिएकाले सत्ता ढलेको दाबी गरे ।

     

     

     

    प्रतिकृया दिनुहोस्