![](https://sunaulopost.com/wp-content/uploads/2024/07/ad-here-banner.jpg)
![](https://sunaulopost.com/wp-content/uploads/2024/08/inbound4944861287453052382.jpg)
काठमाडौ। नेपाल कम्युनिस्ट पार्टीका महासचिव एवम् समाजवादी मोर्चा नेपालका संयोजक विप्लव र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच कम्युनिस्ट पार्टी एकताका आधारबारे छलफल भएको छ।शनिबार एकीकृत समाजवादीको केन्द्रिय कार्यालय काठमाडौमा भएको भेटघाटको क्रममा दुई पार्टीले अंगीकार गरेका बिचार , राजनीति र संगठनका बिषयमा द्विपक्षीय कुराकानी भएको हो।
नेपालमा बामपंथी एवम् कम्युनिस्ट पार्टीहरुवीच एकता, ध्रुवीकरण र सहकार्यको चर्चा हुने गरेको भएपनि कम्युनिस्ट पार्टीहरु विभिन्न खेमामा बिभक्त रहेको बेला नेपाल कम्युनिस्ट पार्टी र एकीकृत समाजवादीबीचको छलफललाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।
नेपाल कम्युनिस्ट पार्टी एमालेबाट बिद्रोह गरेर माधवकुमार नेपालको नेतृत्वमा पुनर्गठित एकीकृत समाजवादीले नेपाली समाजको आर्थिक चरीत्र दलाल पुजीवादी रहेको,जनताको बहुदलीय जनवादको कार्यक्रम अब असान्दर्भिक भैसकेको,२०६२/०६३को आन्दोलन र राजतन्त्रको अन्त्य पछि नेपालमा जनवादी क्रान्ति पूरा भएकोले नेपालको आगामी राजनीतिक कार्यक्रम समाजवाद हुने निष्कर्ष निकालिसकेको छ।
त्यस्तै नेपाल कम्युनिस्ट पार्टीले बैज्ञानिक समाजवादको उदेश्यसहित नेपाली विशेषताको समाजवाद निर्माणका लागि अगाडि बढ्नुपर्ने,क्रान्तिको कार्यदिशा एकीकृत क्रान्ति हुने,अहिले पश्चिमा शक्ति र भूमण्डलीकृत साम्राज्यवादसङ्ग नेपाली जनता र देशको प्रधान अन्तरबिरोध भएकोले देशको सार्वभौमसत्ताको रक्षा र समाजवादी कार्यक्रमको कार्यान्वयनका लागि कम्युनिस्ट शक्तिबीच एकता र ध्रुवीकरण गर्नुपर्ने, एकता हुन नसक्ने शक्तिबीच पनि मुद्दा अनुसार सहकार्यको लागि पहल गर्ने नीति लिएको देखिन्छ ।
नेपाल कम्युनिस्ट पार्टीले कम्युनिस्ट, वामपन्थी, देशभक्त र लोकतान्त्रिकसहित चार मित्र शक्ति, मजदुर, किसान ,मध्यमवर्ग र रास्ट्रीय पुजीपती सम्मीलित चार आधार बर्ग र खसआर्य,मधेसी,मुस्लिम, जनजाति ,श्रमिक समुदाय र महिला गरि ६ समुदायलाई नेपाली समाजको मुख्य आधार शक्ति मान्दै समाजवादको दिशामा अघि बढ्ने निष्कर्ष निकालेको छ।
नेकपा महासचिव विप्लव र माधव नेपालबीचको कुराकानीमा समाजवादी मोर्चालाई सकृय बनाउने र वर्तमान राजनीतिक घटनाक्रम एवम् परिस्थितिका बिषयमा समेत छलफल भएको बुझिएको छ भने भेटघाटमा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल, नेताहरू बेदुराम भुसाल,प्रमेश हमाल र गङ्गालाल तुलाधर समेत सहभागी रहेका थिए।
![](https://sunaulopost.com/wp-content/uploads/2024/07/ad-here-banner.jpg)