काठमाडौं। नेकपा महासचिव विप्लव सी ले मजदुर अधिकारका लागि अहिले नयाँ बहस को आबसेक्ता अनिवार्य रहेको बताएका छन्। मंगलबार समाजवादी ट्रेडयनियन महासंघ नेपालको आठौं केन्द्रीय समितिको दोस्रो पुर्ण बैठकमा सहभागी केन्द्रीय समिति सदस्य हरुलाइ प्रशिक्षण गर्दै उनले यस्तो बतायका हुन ।
महासचिव विप्लव ले जेठ १७ गते चितवनमा सम्पन्न महासंघको आठौ राष्टिय सम्मेलन पछिको दोस्रो बैठक बाट आगामी दिनहरु गोलचक्करमा समय बितायर बस्ने नभइ पार्टिले लियको नीति उत्पादन र राजनीति लाई एकअर्काको परिपुरक बनायर परिचालन गर्दा र बितरण प्रणालि लाइ व्यबस्थित गरेर जादा मात्र समाजवादको ढोका सम्म पुगिने भन्दै मजदुर नेताले अब पौरखि र प्रखर हुनुप्रने मा जोड दियका छन।
‘कम्युनिस्ट पलायन हुनुको कारण भावबादी चरित्र हो यस ले अन्तत: कम्युनिस्ट लाई उपलव्धी नभइ बिगठन को दिशातिर लागेको छ । प्रयोग बिनाको परिणाम खोज्नु मुर्खता हो पहिला प्रयोग र पछि परिणाम हेर्नू वैज्ञनिक हुने मान्यता कायम गर्न पार्टिले देशका बिभिन्न ठाउमा भिन्नभिन्न अनुसन्धान गरिहेको छ।’ महासचिव विप्लवले भने।
काठमाडौ को नयाँबसपार्क स्थित तमुहलमा महासंघका अध्यक्ष टेक सी को अध्यक्षतामा भयको बैठकमा महासचिव विप्लव सी को प्रमुख आतिथ्यता थियो भने पार्टी स्थाईकमिटि सदस्य तथा मजदुर फ्यासन ईन्चार्ज शिलु सी केन्दिय सदस्य जिवन्त सी निवर्तमान अध्यक्ष तथा पार्टी केन्दिय प्रतिनिधि सदस्य श्याम सी को उपस्थिति रहेको थियो।
बैठक ले प्रदेश र केहि पेशागत संघको र केही बिभाग को संरचना बनायर गयको छ भने मजदुर जागरणका लागि देशैभरि अभियान र प्रशिक्षण स्कुलिङ गरेर जाने सहितका निर्णय गरेकोे छ।