सुनौलो पोष्ट संवाददाता२०८१ साउन ३०
धनगढी, नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलको प्रमुख सचेतकमा सांसद चक्रबहादुर मल्ल र सचेतकमा जानकी ऐर बम चयन हुनुभएको छ ।
मंगलबार संसदीय दलका नेता राजेन्द्र सिंह रावलको अध्यक्षतामा दलको कार्यालयमा बसेको बैठकले प्रमुख सचेतकमा मल्ल र सचेतकमा बमलाई चयन गर्ने निर्णय गरेको हो ।
यसअघि प्रमुख सचेतकको जिम्मेवारीमा सुरेन्द्रबहादुर पाल र सचेतकमा निर्मलादेवी साउद रहनुभएको थियो । पाल भौतिक पूर्वाधार विकास मन्त्री र साउद सोही मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त भएकाले प्रमुख सचेतक र सचेतक हेरफेर गरिएको संसदीय दलका नेता रावलले जानकारी दिनुभयो ।