News Portal

  • नेता गिरी कोआक्रोश : पार्टी संसदीय मूल्यमान्यत विपरीत  गऱ्यो

    सुनौलोपोष्ट संवाददाता२०८१ साउन ७
    ४८ पटक

    काठमाडौ ७ । नेकपा एमाले संसदीय दलका नेता लीला गिरीले पार्टी संसदीय मूल्य मान्यताबिपरित गएको टिप्पणी गर्नुभएको छ । महासचिव शंकर पोखरेललको फोनले आफू दलका नेता हुँदाहुँदै उपनेतालाई मुख्यमन्त्री बनाउने निर्णय गर्नुपरेपछि गिरीले यस्तो टिप्पणी गर्नुभएको हो ।

    ‘यो संसदीय मूल्यमान्यताविपरीत छ । पार्टीको विधि अनुसार भएको हो भन्ने मलाई लाग्दैन । म के भएँ, के भइनँ भन्दा पनि यस्तो किसिमको प्रवृत्तिले इमानदार कार्यकर्तालाई खटेर काम गर्न उत्प्रेरित गर्दैन । प्रणाली बिगार्न किन नेताहरु लाग्नुभयो होला, मैले बुझेको छैन,’ गिरीले भन्नुभयो ।

    एमाले महासचिव शंकर पोखरेलको फोनपछि आज मुख्यमन्त्रीको दावी गर्ने बेला गिरीकोनाममा टिपेक्स लगाएर उपनेता चेतनारायण आचार्यलाई मुख्यमन्त्री बनाउने निर्णय एमालेले गरेको छ । लुम्बिनीमा महासचिव पोखरेल निकट आचार्यलाई मुख्यमन्त्री बनाउने निर्णय गर्दा दलका नेतामाथि कू गरिएको आरोप एमालेकै नेताहरुले लगाएका छन ।

    नेकपा एमालेले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा संसदीय दलका उपनेता चेतनारायण आचार्यलाई अघि सारेपछि दलका नेता गिरीले कडा असन्तुष्टि पनि जनाउनु भयो ।
    ‘केन्द्रले हस्तक्षेप गर्यो । मैले यसबारे माथिल्लो तहमा भनिसकेको छु,’ गिरीले भन्नुभयो । उहाँले यस बिषयमा पार्टी अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोनमा भनिसकेको जानकारी पनि दिनुभयो ।

    प्रतिकृया दिनुहोस्