रुपन्देही/ नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीमा विभिन्न पार्टी परित्याग गरि दर्जनौं नेताकार्यकर्ता समाहित भएका छन् ।
आज रुपन्देहीको भैरहवामा भएको एक कार्यक्रमकाबीच पुरानो बामपंथी नेता तथा नेकपा एमाले रुपन्देही जिल्ला सदस्य शंकर ज्ञवाली र राष्ट्रिय स्वतन्त्र पार्टीका नेता गोपाल बन्जाडे, माओवादी नेता बिजय उपाध्याय,प्रदिप गुरुङ,राम केवल लोध,रत्न ब कुवर, कुल बहादुर कुवर,लगायतका एक दर्जन नेताकार्यकर्ताहरु नेपाल कम्युनिस्ट पार्टी प्रवेश गरेका हुन।
नेपाल कम्युनिस्ट पार्टीमा समाहित हुनेहरूलाई स्वागत गर्दै
नेकपा नेता बसन्त सी प्रज्वलनले नेपालको राजनीतिक घटनाक्रमले पैदा भएको निराशाको परिस्थिति विरुद्ध विभिन्न राजनीतिक पार्टी भित्र रहेका इमानदार र क्रान्तिकारी नेताकार्यकर्ताहरु एक ठाँउमा ध्रवीकृत भइ राजनीतिक बिकृति बिसङिती विरुद्ध संघर्ष गर्नु पर्ने ऐतिहासिक आवश्यकता रहेको बताए।
मन्तव्यको क्रममा नेकपा पोलिटब्युरो सदस्य समेत रहेका नेता बसन्त ले देशलाई सहि दिशामामा लैजान बामपंथी, कम्युनिस्ट, समाजवादी र सच्चा लोकतान्त्रिक शक्तिहरुको सहकार्य र मोर्चाबन्दी गर्नुपर्ने बेला आएको बताए ।
कार्यक्रममा नेकपा सम्बद्ध मधेसी मुक्ति मोर्चा नेपालका संयोजक बिनोद , नेकपा केन्द्रिय सदस्य शरद , जिल्ला सेक्रेटरी बिरेन्द्र , केन्द्रिय प्रतिनिधि समिति सदस्य नवीन ले टीका र खादा लगाएर प्रवेश गर्नेहरूलाई स्वागत गरेका थिए।