काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले मुलुक देश टाँट पल्टाउने कुरा गरेका छन् । उनले नेपालीलाई विदेशमा लगानी गर्न दिनुपर्ने भन्दै देश पल्टाउने कुरा गरेका हुन् । नेपाल राष्ट्र बैंकको ढुकुटीमा विदेशी मुद्राको सञ्चिति अथाह बढेकाले त्यसको सदुपयोग गर्न नेपालीलाई विदेशमा डलर लगानीको अवसर दिनुपर्ने बताएका हुन् ।
वाग्लेले भने, ‘इतिहासमै यति धेरै डलर राष्ट्र बैंकमा थुप्रिएको थिएन । यसरी रकम, पैसा धेरै थुप्रनु राम्रो हैन । यसको प्रयोग गर्नुपर्छ ।’ उनले भारतसँगको नेपाली मुद्राको विनिमयदर पेगमा आधारित भएकाले ३० वर्षसम्म पुनरावलोकन नगरिएकोमा आश्चर्य व्यक्त गरे ।
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीति सार्वजनिक गर्न लागेको सन्दर्भमा रास्वपाले आयोजना गरेको अन्तरक्रियामा उनले उक्त धारणा राखेका हुन् । उनले हालै जारी नयाँ बजेटमा तत्कालीन समस्या सम्बोधनका कुनै खास विषय नभएको उल्लेख गरे ।
‘अहिलेको बजेट दीर्घकाल र मध्यकालको निम्ति राम्रो भए पनि तत्कालको समस्या सम्बोधन गर्दैन, त्यसैले त्यसलाई चिर्ने गरी मौद्रिक नीति आउनुपर्छ ।’ नेपालबाट विदेशी मुद्धा विदेशीको खण्डमा नेपालले अत्यावश्यक सामान खरिद गर्न समस्या हुने खतरा हुन्छ । देशमा अत्यावश्यक समान आयात गर्न नसक्दा देश टाँट पल्टिने खतरा हुन्छ ।