काठमाडौ/चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) २०औं केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठक बेइजिङमा सुरू भएको छ ।सीपीसी केन्द्रीय कमिटीका महासचिव सी चिनफिङको अध्यक्षतामा सोमबार देखि बैठक प्रारम्भ भएको जनाइएको छ।
बैठकले चीनमा चौतर्फी सुधार तथा चिनियाँ शैलीको आधुनिकीकरणको विषयमा छलफल गर्नेछ ।
चिनियाँ विशेषतासहितको समाजवादी प्रणालीको सुधार र विकासलाई निरन्तरता दिने, चीनको शासन प्रणाली र क्षमतालाई आधुनिकीकरण गर्ने, सुधारलाई अझ व्यापक रूपमा अगाडि बनाउने मुख्य लक्ष्य रहेको चिनियाँ कम्युनिस्ट पार्टीको जारी बैठक आगामी जुलाई १८ सम्म चल्ने चिनियाँ संचारमाध्यमहरुले जनाएका छन् ।
विश्वको शक्ति सन्तुलनका दृष्टिले उदियमान देशको रूपमा देखा परिरहेको चीनले गर्ने निर्णय र चिनियाँ विशेषताको समाजवादमा गरिने जनपक्षीय सुधारले अन्तरास्ट्रिय राजनीतिमा समेत विशेष प्रभाव पर्नसक्ने जानकारहरुको बुझाइ छ।