News Portal

जनपत्रकार संगठन नेपाल केन्द्रीय उत्पादन विभागको दुई रोपनी जग्गा र एउटा गाई थप्ने निर्णय

कमल वि क२०८१ आश्विन ५
465Shares

 

काठमाडौं। श्रमजीवी पत्रकारहरुको संगठन जनपत्रकार संगठन नेपाल केन्द्रीय उत्पादन विभागले थप दुई रोपनी जग्गा र एउटा गाई थप्ने निर्णय गरेको छ। विभागको शनिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।

हाल विभागले दुई रोपनी जग्गा भाडामा लिएर एउटा गाई संगै कुखुरा र तरकारी सुरू गरिसकेको छ। व्यवसायलाई थप विस्तार गर्न यस्तो निर्णय गरिएको विभागले जनाएको छ।

विभागले एक हजार लोकल कुखुरा र च्याउको उत्पादन तत्काल सुरु गर्ने निणर्य समेत गरेको छ।

प्रतिकृया दिनुहोस्