News Portal

  • inDrive का कारण स्वरोजगार यातायात मजदुर विस्तापित

    सुनौलोपोष्ट संवाददाता२०८२ जेठ १०
    575Shares

     

    काठमाडौं।समाजबादि यातायात मजदुर संघले पुजिपति हरुले चलायको inDrive कम्पनी का कारण स्वरोजगार यातायात मजदुर बिस्थापित भयको बतायको छ ।
    inDrive नामको कम्पनिले आम श्रमजिवी ट्याक्सी मजदुरहरु माथी विदेशी दलालहरुको
    प्रलोभनमा परी सिमित पूजीपती दलालहरुले मनमानी तरिकाबाट नेपालको प्रचलित
    यातायात कानुनको धज्जी उडाउदै स्वइच्छीक, आफुखुशी भाडा निर्धारण गरी उपभोक्ता
    लगायत मजदुरहरु माथी शोषण र हस्तछेप गरेको बताएकोहो ।

    नेपाल कम्युनिस्ट पार्टीको जनवर्गिय संगठन समाजवादी ट्रेडयुनियन महासंघ नेपालको घटक संगठन समाजवादी यातायात मजदुर संघ नेपालको ध्यानाकर्षण भएको भन्दै संघ का केन्द्रीय अध्यक्ष लालबहादुर सी द्वारा हस्ताक्षरित विज्ञप्ति मा उल्लेख गरियको छ ।

    बिहिवार जारि गरियको विज्ञप्तिमा स्वरोजगार मजदुर माथी विदेशी कम्पनी द्वारा गरियको दादागिरी लाई नेपाल सरकार तथा यातायात व्यवस्था बिभाग ले टुलुटुलु हेरेर स्वरोजगार मजदुर को भविष्य बर्वाद गरेको बताएको छ
    विज्ञप्ति मा भनियको छ हाल राज्यले निर्धारण गरेको स्वचालित ट्याक्सी भाडा दर प्रति कि.मी. रु. ५०/- बाट घटाई प्रति कि.मी. रु . ३० सम्म गर्दै INDrive नामको अवैधानिक कम्पनिले गुगल नक्सालई समेत तोडमोड गरी वास्तविक दुरी लाई समेत आफ्नो Apps मार्फत फरक गर्दै अबैधानिक धन्दा चलायको विज्ञप्तिमा बताइयको छ । विज्ञप्तिमा भनियको छ सम्बन्धित निकायले बेलैमा नियमन नगर सडक संघर्ष मा जाने चेतावनि समेत दियको छ।
    विज्ञप्ति को पुर्ण पाठ यस्तो छ

    प्रतिकृया दिनुहोस्