

१९ बैसाख, कालिकोट । नेपाल पत्रकार महासंघ कालिकोटले ज्वाला खवर डट्कमका सम्पादक कर्ण विश्वकर्मा र पत्रकार खड्क विश्वकर्मालाई समाचारको विषयमा धम्मी दिएको विषयमा गम्भीर ध्यानकर्षण भएको भन्दै निन्दा गरेको छ ।
पत्रकार महासंघका कालिकोटका सचिव रमेश कुमार बाेगटीले शुक्रबार एक प्रेश विज्ञप्ति जारी गरी समाचार लेखेकै विषयमा रास्कोट नगरपालिकाका नगरप्रमुख धर्मराज शाही (पोषण)ले धम्क्याएको विषयमा गम्भीर ध्यानाकर्षण भएको भन्दै निन्दा गर्नु भएको हो ।
महासंघको विज्ञप्तिमा भनिएको छ ‘स्वतन्त्र प्रेस र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्नु लोकतान्त्रिक मूल्य र मान्यताको मूल आधार हो। यस सन्दर्भमा महासंघ स्पष्ट रूपमा भन्दछ कि कुनै पनि पत्रकारमाथि समाचार लेखेका कारण डर, त्रास, धम्की र मानमर्दन सिर्जना गर्नु आपत्तिजनक छ र प्रेस स्वतन्त्रता माथिको हस्तक्षेप हो ।’
महासंघले समाचारकै भरमा पत्रकारलाई कुनै प्ररकारको अनुचित दबाब, धम्की वा सामाजिक अपमान गर्नु गलत ठहर गरेको छ ।
कसैलाई समाचारमा कुनै आपत्ति वा अन्याय महसुस भएको छ भने प्रचलित कानुनी प्रक्रियामार्फत सम्बन्धित निकायामा उजुरी दिन सक्ने भन्दै पत्रकार माथि नभएको लान्छना लगाएर बदनाम गर्ने समाजिक सञ्जालमै छरपस्ट हुनेर गरि बदनीयत गर्ने कार्य निन्दनीय छन । यस्ता कार्यले आम पत्रकार सुरक्षामा थप चुनौती थपिएको संगठनको ठहर छ ।’
महासंघले पत्रकार बिश्वकर्माको सुरक्षाप्रति पूर्ण प्रतिबद्धता व्यक्त गर्दै सम्पूर्ण पत्रकारहरू सुरक्षित, स्वतन्त्र र भयमुक्त वातावरणमा काम गर्न पाउनुपर्छ भन्ने पक्षमा दृढ रहेको उल्लेख गरेको छ । पत्रकारकारको सुरक्षाका लागि महासंघ सरकारसंग जोड्दार माग पनि गरेको छ ।
विज्ञप्ति पूर्णपाठ