
सुर्खेत
देउडा पारखीहरुका लागि नयाँ देउडा गीति एल्बम माथि मदान ताल सार्वजनिक भएकाे छ ।
दैलेखका चर्चित देउडा खेलाडि कर्ण शाही र चर्चित देउडा खेलाउडि पानसरा कुमारी थापकाे स्वरमा रहेकाे देउडा गीत शाहीले बजारमा ल्याएका छन ।
देश गणतन्त्र हुँदै संघितामा प्रवेश गरेकाे छ तर व्यावस्था भने उस्तै भइरकाे बेला गायक कर्ण शाहीले
देश बिगार्ने र आफू खुसि व्यावस्था परिवर्तन गर्ने नेताहरुलाई व्यङ्ग्य गर्दै माथि मदान ताल नामकाे गीति एल्बम आफ्नै अफिसियल युटुव च्यानल कर्ण शाही मार्फत सार्वजनिक गरेका हुन ।
नेतालेहरुकाे बदमासिले गर्दा देशकाे हाल बिग्रेको र नेताहरुकाे आस्वासनमा पर्दा जनताहरुले पाउनु दुख पाउनु परेकाे भन्दै व्यङ्ग्य दिदै गीत मार्फत झटाराे हानेका छन ।
देशकाे वर्तमान राजनीतिक खिचलाेले गर्दा नेपालमा राेजगारि सिर्जना हुन नसके पछि गाउँनै खालि हुने गरि युवाहरु राेजगारिकाे निम्ति विदेश पलाएन भएकाे बेला युवाहरुलाई स्वदेशमै कसरी फर्काउने र स्वदेशमै भएका युवाहरुलाई स्वदेशमै राेजगारि सिर्जना गरि देशमा नै
केही गर्ने वातावरण सरकारले सिर्जना गरेकाे भए नेपाल आत्मा निर्भर हुने थियाे जस्ता शब्दहरु संकलन गरि गीत मार्फत नेताहरुकाे ध्यानाकर्षण गरेका छन ।
गायक कर्ण शाही बिगत लामाे समय देखि देउडा गीत र देउडा खेल मार्फत समाजमा जनचेतना फैलाउदै आएका छन ।
शाहीकाे गीतमा तुलसी थापा र सर्जन बि सिले दर्शकहरुकाे मनै लाेभ्याउने खालकाे प्रस्तुि दिएका छन ।
गीतका शब्द र संगीत कर्ण शाहीले गरेका हुन भने भिडियाेकाे निर्देशन मान बहादुर ओलि ,अशाेक बस्नेत र छायांकन हेम्नत कंडेलले गरेका हुन ।
भिडियो हेर्न तल लिकंमा जानू हाेस
https://youtu.be/AzTLU_qdmSo?si=FnAhtPkokESI1BXR
