News Portal

  • जुम्लाको प्रतिष्ठानकाे बैशाख १२ गते हुने करार परिक्षा समितिकाे संयोजकबाट हमालकाे राजिनामा

    सुनौलोपोष्ट संवाददाता
    3.6kShares

    १२ वैसाख, जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाकाे करार कर्मचारीको बैशाख १२ गते (आज) हुने परिक्षा समितिको संयाेजकबाट दिपेन्द्र हमालले राजिनामा दिनुभएको छ ।

    बिहीबार बैशाख ११ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालिन उपकुलपति मंगल रावल र रजिष्ट्रार नृपेन्द्र महतले पावरको व्यापक दुरुपयोग गर्दै संस्थाको आधारभूत नियमको पालना नगरी कानुन विपरित आफ्ना मान्छेहरुलाई सेटिङ्ग गर्न करार कर्मचारीहरू भर्ती गर्न खाेजेकाे भन्दै समाचार प्रकाशन भएपछि राजिनामा दिएको बुझिएको हाे ।

    तत्कालिन उपकुलपति रावल र रजिष्ट्रार महतले स्थायी पद र करार पदमा पदहरु दोहोरिनु लोकसेवा आयोगको परिक्षामा आफना मान्छेहरु नपर्ने त्रासले नयाँ पदको सृजना गरी सेटिङ्ग गर्न खोजिएकाे भन्दै अहिले सर्वत्र विराेध भइरहेको छ।

    प्रतिष्ठानमा असिस्टेन्ट प्राेफेसर समेत रहेका परीक्षा संयोजक हमालले स्वास्थ्यकाे कारण देखाएर राजिनामा दिए पनि सेटिङ्गमा परीक्षा लिन लागेको समाचार प्रकाशन भएपछि राजिनामा दिएको प्रशासन एक कर्मचारीले बताउनुभयो ।

    प्रतिष्ठानले सेटिङ्गमा परीक्षा लिएर आफ्ना कर्याकर्ता भर्ति गर्न खाेजेकाे भन्दै मिडियामा समाचार आएपछि कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कडेलले प्रतिष्ठानका रजिस्ट्रार महतलाई टेलिफोन गरी बुझ्न खाेज्दा रजिस्ट्रारले म जाँदै गर्दा मेरा कार्यकर्ता भर्ति गरेरै जान्छु, परीक्षा राेकिदैन भन्ने जवाफ दिएको एक कर्मचारीले बताउनुभयो ।

    प्रतिष्ठान स्राेतका अनुसार रजिस्ट्रार महतले जबर्जस्ती आजै २ बजे परिक्षा गराउन खाेजेकाे बुझिएको छ । परिक्षा समितिको संयोजककाे बारे भने अहिलेसम्म टुङ्गो नलागेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्