News Portal

  • हाम्रो स्वाभिमान ट्रष्ट हरिद्वारले नयाँ दिल्लीमा आयोजना २१०औं भानु जयन्ती तथा स्रष्टा अभिनन्दन कार्यक्रम

    सुनौलोपोष्ट संवाददाता२०८१ साउन १
    ८५ पटक

     

    हाम्रो स्वाभिमान ट्रष्ट हरिद्वारले नयाँ दिल्लीमा आयोजना २१०औं भानु जयन्ती तथा स्रष्टा अभिनन्दन कार्यक्रम

    योगऋषि स्वामी रामदेव जी महाराज को संरक्षणमा स्थापित एवम् आयुर्बेद शिरोमणि आचार्य बालकृष्ण जी महाराजको निर्देशनमा संचालित सामाजिक संस्था हाम्रो स्वाभिमान ट्रष्ट(पतंजलि हरिद्वार) द्वारा यहि मिति १४ जुलाई २०२४ आईतवारको दिन नेपाली भाषि दाजुभाई दिदिबहिनीहरु द्वारा नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २१०औ जन्म जयन्तिको अवसर पारेर भारतको राजधानी नयाॅं दिल्लीको चित्तरंजन पार्कमा स्थित बिपिन चन्द्र पाल ऑडिटोरियममा उपस्थित भएर दिल्ली राज्य स्तरमा “स्रष्टा एवम् अभियन्ता अभिनन्दन तथा कविता वाचन प्रतियोगिता” को सफल आयोजना सम्पन्न भएको छ।

    हाम्रो स्वाभिमान ट्रष्ट हरिद्वारले नेपाली भाषा, संस्कृति, साहित्य, एवम् संस्कारको सम्बर्धन, प्रवर्धन एवं बिकासको लागि कार्य गर्दै आएको छ। यस वर्ष पनि नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २१०औ जन्म जयन्तिको अवसर पारेर भारतभरीबाट राज्य एवम् राष्ट्रिय स्तरमा “स्रष्टा एवम् अभियन्ता अभिनन्दन तथा कविता वाचन प्रतियोगिता” सम्पन्न गरेको छ।

    उक्त कार्यक्रममा ५-२५ बर्ष समुह बाट कुल २३ जना भाई-बहिनीहरु प्रतियोगी रहि कविता वाचनका लागि प्रतिस्पर्धा भएको थियो। प्रतियोगितामा सहभागि १० वर्ष मुनिका प्रतिभागि हरूलाई १५ अङ्क, १० देखि १५ वर्ष सम्मका सहभागि हरूलाई १० अङ्क, १५ देखि २० वर्ष सम्मका सहभागी हरुलाई ५ अंक अतिरिक्त दिइने नियम राखिएको थियो। प्रत्येक प्रतिभागी लाई प्रतिभागी प्रमाण-पत्रका साथ प्रथम, द्वितीय र तृतीय भएका विजेता हरुलाई आकर्षक नगद पुरस्कार, प्रतीक र सम्मान पनि प्रदान गरियो।

    दिल्ली राज्य स्तरका बिजयी प्रतियोगिहरु:
    प्रथम: दृष्टि क्षेत्री
    द्वितिय: अस्मिता पराजुली
    तृतिय: दीपिका पंथी
    सान्त्वना: निर्मला पुन

    प्रतियोगिताका निर्णयक मण्डलीमा श्री रोहित लामगादे ज्यू, स्वामी श्री जनार्दनाचार्य ज्यू एवम् श्री डा.नारायण दत्त सुबेदी ज्यू रहनु भएको थियो।

    १४ जुलाई २०२४ मा भएको राज्य स्तरिय प्रतियोगितामा बिजयी प्रथम, द्वितिय र तृतिय स्थान प्राप्त गर्ने प्रतियोगिहरुले हरेक राज्यबाट सोहि दिन साॅंझ ०७:०० बजे ऑनलाइन(Zoom) मार्फत राष्ट्रिय स्तरको प्रतियोगिताका लागि अनलाइन सहभागि भएका थिए।

    उक्त कार्यक्रमको उदघाटन अतिथि ज्यूहरु स्वामी जनार्दनाचार्य, कवि रोहित लामगादे, डा. नारायण दत्त सुबेदी, प्रो. डा. युवराज पोखरेल, कर्णल शुकुल प्रधान, प्रो. ओमनाथ बिमली, डा. विजय कुमार सिंह, विनायक हेगड़े द्वारा दीप प्रज्ज्वलन गरेर गरिएको थियो।

    उक्त कार्यक्रममा श्री कर्णल शुकुल प्रधान ज्यू एवम् प्रो. श्री डा. युवराज पोखरेल ज्यू लाई उहाँ हरुको उत्कृष्ट योगदानको लागी लाईफ टाइम अचिभमेन्ट एवार्ड ले सम्मनित गरियो। प्रमुख अतिथि बद्री तिवारी, काउन्सिलर नेपाली राजदुतावासले दुवैलाई फुल बुके, दोसल्ला एवम् साईटेसन प्रदान गरी विशेष अभिनन्दन गरियो।

    यसै अवसरमा हिन्दी भाषामा ईशान आश्रमका महेश दत्त शर्मा द्वारा लेखिएको पुस्तक “जाना है गंगा पार” लाई डा. नारायण दत्त सुबेदी ज्यू ले नेपाली भाषामा उल्था गरिएको “जानु छ गंगा पारी” पुस्तकको लोकर्पण गरिएकाे थियो।

    हाम्रो स्वाभिमान ट्रष्ट हरिद्वारले नेपाली भाषी समाजलाई आफ्नो भाषा, संस्कृति, साहित्य, संस्कार एवम् गौरवशाली इतिहासको साक्षात्कार गराउदै आफ्नो ब्यापार ब्यवसाय पेशा नोकरी इत्यादीमा उन्नति प्रगतिको शिखर चढ्दै गर्दा नेपाली जाति हुनुमा गर्व गर्न सक्ने वातावरण निर्माण गर्न आफ्नो स्थापना काल देखि नै निरन्तर लागिरहेको र भारत बाहिर यूरोप बाट अमेरिका हुदै बिश्वभरिका नेपालीभाषीहरु बिच यस अभियानलाई पुर्याउने प्रकृया अगाडी बढिसकेको जानकारी संस्थाका केन्द्रिय मुख्य संयोजक योगगुरु डाॅ. मोहन कार्कीले गराउनु भयो।

    उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाली राजदुतावास बाट फाईनान्स काउन्सिलर बद्री तिवारी ज्यू, एवम् अतिथिहरु प्रो. श्री ओमनाथ बिमली ज्यू, श्री डा.युवराज पोखरेल ज्यू, कर्णल श्री शुकुल प्रधान ज्यू, ईशान आश्रम बाट डा. विजय कुमार सिंह ज्यू, विनायक हेगड़े ज्यू, जड़ीबुटी व्यवसाय संघ नेपालका अध्यक्ष सीए प्रेम तिवारी ज्यू रहनुभएको थियो। वहाहरुले कविता वाचनका साथै आफ्नो मन्तब्य पनि राख्नुभयो।

    हाम्रो स्वाभिमान ट्रष्ट दिल्ली महिला समितिकि सल्लाहकार मीनु भुसाल तथा पूनम शर्मा ले संचालन गरेको कार्यक्रममा हाम्रो स्वाभिमान ट्रष्टको केन्द्रिय यूवा प्रभारी वेद प्रकाश शर्माले संस्थाको परिचय एवम् गतिविधिको बारेमा जानकारी मन्तब्य राख्नु भएको थियो भने संस्थाका दिल्ली राज्य समितिका पूर्व अध्यक्ष आदरणीय श्री तेजराम न्यौपाने ज्यू ले कार्यक्रमको अध्यक्षता गर्नुभएको थियो।
    साथै नेपाली संस्कृतिको जगेर्ना गर्ने उदेश्यले हाम्रो स्वाभिमान ट्रष्ट हरिद्वारले हरेक बर्ष मनाउदै आएको हरितालिका तीज महोत्सब यस बर्ष पनि भारतको राजधानी नयाॅं दिल्ली, आइटीओ स्थित इन्दिरा गान्धी इन्डोर स्टेडियममा (वातानुकुलित हल) ७ सेप्टेम्बर २०२४ को दिन भब्य रुपमा मनाउन गइरहेको जानकारी केन्द्रिय साॅंस्कृती सचिव घनश्याम शर्मा जी ले जानकारी गराउनु भयो। भानु जयन्ति २०२४ आयोजक समितिका संयोजक श्री रमेश बस्नेत जी ले धन्यावाद ज्ञापन गर्नु भएको थियो।

    १४ जुलाई २०२४ मा भएको राज्य स्तरिय प्रतियोगितामा बिजयी प्रथम, द्वितिय र तृतिय स्थान प्राप्त गर्ने प्रतियोगिहरुले हरेक राज्यबाट सोहि दिन साॅंझ ०७:०० बजे ऑनलाइन(Zoom) मार्फत राष्ट्रिय स्तरको प्रतियोगिताका लागि सहभागि हुनुभएको थियो। साथै राष्ट्रिय स्तरका बिजयी प्रतियोगिले सर्टिफिकेट एवम् नगद क्रमश: ₹२१,०००/- ₹१५,०००/- ₹११,०००/- पुरस्कार प्राप्त गरेका छन्।

    राष्ट्रिय स्तरको कविता वाचन प्रतियोगीताकाबिजयी प्रतियोगिहरु:
    प्रथम: मालती देवी, असम
    द्वितिय: आरति धिताल
    तृतिय: यशराज पौडेल
    सान्त्वना: दृष्टि क्षेत्रि, दीपिका पन्थी, ध्रुवराज भट्टराई

    प्रतिकृया दिनुहोस्