News Portal

  • नेपाल कम्युनिस्ट पार्टी बर्दियाको बैठक सम्पन्न जनताका पक्षमा संघर्ष गर्ने निर्णय

    सुनौलो पोष्ट संवाददाता२०८१ साउन २८
    935Shares

     

    बर्दिया। नेपाल कम्युनिस्ट पार्टी बर्दिया जिल्ला समितिको दोश्रो बैठक सम्पन्न भएको छ। आईतबार बर्दिया जिल्लाको गुलरिया मा बसेको बैठकले विभिन्न निर्णय गरेको छ। जिल्लामा तत्कालीन समस्याका विरुद्ध संघर्ष गर्ने लगायतका केही दुरगामी निर्णयहरु गरेको नेकपाले जनाएको छ।

    बैठकमा नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवम् लुम्बिनी प्रदेश इन्चार्ज सन्तोष सी विषमले प्रशिक्षण गर्दै वर्तमान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीति परिस्थितिको सविस्तार बर्णन गर्दै वर्तमान दलाल संसदीय ब्यबस्थाको आयु छोटिदै गएको र समाजवादका ढोकाहरु दृस्ठि क्षितिजमा खुल्दै गएको बताउनु भयो।समाजवाद नै अन्तिम विकल्प भएकोले त्यसका लागि सम्पुर्ण पार्टी पंक्ति अहोरात्र खट्दै सम्पुर्ण नेता कार्यक्रता जनपृय बन्नुपर्ने र दलाल तत्वहरुका विरुद्ध संघर्ष गर्दै मजदुर,किसान र सुकुम्बासीलाई झन् भन्दा झन गरिव बनाउदै उठिबास लगाउने मिटर ब्याजी,लघुबित्तिय र चर्को बैंक ब्याजका विरुद्ध कडा संघर्ष गर्नुपर्ने बताए।

    साथै जिल्ला इन्चार्ज हिमशिखर सीले जिल्लाको आत्मगत/बस्तुगत अवस्थाको बारे विश्लेषण गर्दै योजनागत मन्तव्य राखेका थियोे।

    सेक्रेटरी टिकाराम सी को अध्यक्षतामा नेकपा नेता सन्तोष सीको प्रमुख अतिथ्यता र केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज हिमशिखर सीको आतिथ्यतामा बैठक सम्पन्न भएको थियो।

    बैठकले सिमा समस्या,लागू औषध,तस्करी, मिटर ब्याज, लघुबित्त, र बैंकको चर्को ब्याजले सुकुम्बासीहरुलाई उठिबास लाउने समस्या र किसानलाई समयमा र सुलभ तरिकाले मल नपाउने समस्याहरु टट्कारो रहेको बैठकमा सहभागी जिल्ला सदस्यहरुले प्रतिबेदन पेस गरेका थिए।

    बैठकले क्षेत्र न.१ को इन्चार्ज क.पहलमान सी र क्षेत्र न.२को इन्चार्ज क.वलमान सीलाई तोकेको छ भने सदरमुकाम गुलरिया नगर पालिकाको इन्चार्जमा क.हरि सी लाई जिम्मेवारी दिएको छ।

    प्रतिकृया दिनुहोस्