News Portal

  • पटक पटक मरेर पनि बाचेको एक योद्धा : ‘अखिल’

    राजीव बम२०८१ साउन २१
    ४६६ पटक

     

    झट्ट हेर्दा १६/१७ बर्ष को कलिलो एक युबक तर यो कलिलो उमेर मा लाउ लाउ खाउ खाउ र पढ्ने उमेर मा आफ्नो ज्यान को बाजि थाप्दै आफ्नो अ्मुल्य समय घर परिवार साथि भाई आफन्त त्याग गर्दै महान जनयुद्ध को परिकल्पना गर्दै देश मा भएको अत्याचार शोषण, दमन, पुजिबाद र सामन्तवाद को अन्त्य गरी साम्यवादी ब्यबस्था स्थापना गर्ने सपना बोकी दश बर्षे जनयुद्ध मा होमिएका एक महान लडाकु मेरो दाई ।

     

    दाई अखिल धेरै बर्ष पछि यो तस्बिर देख्दा यो पोसाक मा अहिले पनि मेरो मन उतिकै थर थर काम्छ म उतिकै डराउछु ति बिगत का दिन हरु ले सधै सताउथ्यो अहिले हेर्दा पनि उतिकै सताउछ सायद यो तस्बिर ५९/६० साल तिर को होला मलाई थाहा थियो हजुर को लडाई युद्ध र भिड्न्त देश सङ थिएन कुनै ब्यक्ति सङ थिएन लडाई थियो त केवल सर्बाहार बर्ग को निमित्त शोषक राज्य को निमित्त किसान मजदुर आदिबासि गरिब जन्ता दमन शोषण अत्यचार गर्ने को निमित्त थियो त्यहि लडाई ले हजारौँ मान्छे ले हासि हासि बलिदान पनि दिए कयौ आमा को कोख रित्तो भयो कयौ बालबच्चा टुहुरा भए कयौ महिलाहरु को सिउदो को सिन्दुर पखालियो अधबैसे भए हजारौ मान्छे हरु घाइते भए कयौ मान्छे हरु बेपत्ता भए कयौ मान्छे हरु अस्पताल को बेड मा अझै छट्पटाई रहेका छन कयौ मान्छे सडक को गल्ली मा भौतारि रहेका छन कयौ ति तपाई का सहयोद्धा हरु बिदेश को मरुभूमि मा ४५ डिग्री को घाम १२-१६ घन्टा काम गरिरहेका छन -मलाई थाहा छ कयौ दिन तपाई भोक भोकै हिडेका रात हरु नसुति नसुति कटाएका रात हरु अहिलेपनि तपाई लाई झलझलती याद आउछ होला कयौदिन भोकभोकै लड्दै गर्दा पिठिउँ मा बम बारुत र हात मा बन्दुक सङ मैनौउ दिन हिडेका र पैतला दुखेको याद छ होला मलाई याद छ तपाई बर्षौ पछि को अन्तराल मा २/३ दिन को घर भेट्घाट मा आउदा घर मा बस्ने स्थिति थिएन तत्कालीन शाहि सेना बाट कति बेला पो आक्र्मण गर्छ भन्ने थाहा थिएन त्यसैले घर बाट त्यहि नजिकै ‘खारा ‘भन्ने ”’ठाउ मा सुत्न को लागि जानु भयो तर त्यहा दुस्मन हरु ले हमला गर्यो त्यहि बेला एक तपाई को योद्धा सहकर्मी क. आमुल को ज्यान गयो एक जना जिबित भन्ने दाई को हात मा गोलि लागि घाइते हुनु भयो अनि तपाई को घाटि गोलि लाग्यो तर तपाई त्यहि राति राम्नाकोट भने ठाउ जानु भयो पछि हामि लाई थाहा भयो खबर आयो तपाई हरु जिबित हुनुहुन्छ चिन्ता लिनु पर्दैन भनेर चिठि आयो तर हाम्रो परिवार को मन कहा सजिलै थाम्न सकिन्थ्यो अझ त आमा को मन तर ठिकै छ हामि ले सोचेयौ तपाई खाचो छ तपाई ले गर्दा देश मा आमुल परिबर्तन हुनसक्छ आम नेपालि खुशि हुनेछन भनेर यो चर्केको मन लाई शान्त पार्थ्यौ फेरि रुकुम को खारा मा लडाइ को क्रम मा कयौ लडाकुको ज्यान गयो तपाई लाई पिठिउँ मा फेरि सेकेन्ड गोलि लाग्यो त्यो खबर सुन्दा त झन घर मा सबै परिवार बेहोस नै भयौ अझ त आमा तर त्यो दिन लाई पनि भुलेउ तपाई पटक पटक मरेको मान्छे आज बाच्न सफल हुनुभयो तर हामि खुशि हुने कि दुखि ? अझै पत्तो छैन जसरि तपाई बन्दुक को नाल मा र खुकुरि को धार मा टेकेर जनजिबन बिताइ रहनु भएको थियो अहिले पनि त्यहि अबस्था छ केहि फरक छैन सत्ता फेरियो गणतन्त्र आयो तपाई कै पार्टी का कयौ मन्त्री भए प्रधानमन्त्री भए उप- रास्ट्र्पति भए गृह मन्त्री भए अहिले पनि छ्न तपाई जस्तै हजारौँ मान्छे बिचल्ली घाइते अपाङ्ग छन कोहि खाडि मा छन तर उनिहरु को जनजिबन जस्ता को त्यस्तै छ अहिले केहि औसधि उपचार को लागि केहि सहयोग माग्न खोज्दा बिभिन्न मन्त्रालय धाउदा पनि साला अझ त्यो फुटेको आखा सरकार ति कोहि मन्त्री का आसेपासे हरु प्रमाण खोज्छन रे छानबीन हुनु पर्छ रे थुक्क साला चोर फटाहा हरु तिमि हरु को जिबन शैलि फेरियो अनि ति निर्दोष हरु तिमि हरु लाई बचाएर आफ्नो ज्यान को बाजि राखेर यत्रो सत्ता परिबर्तन गर्ने महान योद्धा हरु को हालत यहि हो ? तिमि हरु बिलासि मा मोज मस्ति गर्ने राज्य को अर्बौ पैसा लुट्ने जन्ता लाई ढाट्ने बिलासि जिबन बिताउने अनि उनिहरु को जनजिबन झन झन कष्टकारक जोखिमपुण छ दाई त्यो तपाई को सङ्हर्स त्यो त्याग तपस्या योग्दान बलिदान त्यो कलिलो जवानि बेक्कार मा खेर गयो । बालुवा मा पानी हाले जस्तै भएको छ म भन्छु दाई क्रान्ति अझै सकिएको छैन यहि बन्दुक फेरि उठाउनु पर्छ हजारौ शहिद का सपना अधुरा छन हजारौँ योध्दा हरु का सपना सपना मै सिमित छन ।

     

    एउटा उखान छ “धान खाने मुसो चोट पाउने भ्यागुत्तो ” हो अहिले जो उतिबेला क्रान्ति देखि डर मान्थे जो क्रान्ति बाट देश बिदेश आफ्नो काम मा ब्यस्त थिए अहिले ति कायर हरु को राज छ गाउँ गाउँ मा राजा छन उनि ।

    यसरि साम्यवादी ब्यबस्थाका लागि द्श बर्षे जनयुद्ध तपाई जस्तै महान योद्धा हरुले लडेर ल्याएको गणतन्त्र माथि कम्युनिष्टहरु को चर्तिकला देख्दा कल्पना भन्दा बाहिर को अजिब सन्सार हाम्रो सामु उभिएको भान हुन्छ ।कोहि सानो कोहि ठुलो पनि हुदैन सम्मान अस्तित्व र हैसियत हुन्छ केहि मानिसहरु मान सम्मान ले पुरिने कोहि मानिस हरु अपमान को भारिले थिचिने ? यो सस्कार कम्युनिष्ट को धर्म मा पर्दैन ।तर नेपाल का कम्युनिष्ट हरु ले देखाउने चर्तिकला बिश्व कम्युनिष्ट आन्दोलन र बिश्व प्रख्यात ब्यक्तिहरुको खिल्ली उडाइरहेको छ तपाई ले नै ल्याएको गणतन्त्र मा यसरिे कहिले रातो कार्पेट मा कहिले पिर्के सलामि त कहिले टेबुल सलामि मा देखिने स्थानिय जनप्रतिनिधि हरु को राणाकालका जङ्बहादुरको भन्दापनि अजिबको व्यवहार देखाउन थालेका छन जन्ता को नजरमा निरुङ्कुश व्यवहार भित्र पर्छन । यस्ता व्यवहार र आचरण गणतन्त्र का गहना होइनन् दुर्गन्ध हुन ।

    ( दाई टोप बहादुर बम ‘अखिल’ प्रति समर्पित)

                        उहि तपाई को भाई

                           राजिब बम

    प्रतिकृया दिनुहोस्