
काठमाडौं । जनपक्षीय गीतकार, एवम सङ्गीतकार गायक धर्मराज न्यौपानेको ‘ घुम सेरा गिती रचना सार्वजनिक भएको छ। उक्त शब्द संगित र लय आफैले प्रस्तुत गर्नु भएको घुम सेरा गित सार्वजनिक भएको हो ।
गायक धर्मराज न्यौपानेको अफिसिएल युटुव च्यानलबाट गीत सार्वजनिक गरिएपछि यतिबेला युट्युब, रिल, स्टोरी टिकटक लगायतका माध्यमबाट उक्त रचना लाखौं श्रोतामाझ पुगेको छ।
पश्चिम नेपालको लोक शैलीमा आधारित लोग बाजाको प्रयोग आधारितमा ग्रामीण
सुदुर कर्णलिकाे टिपिकल असारे देउडा गितमा याे पहिलाे गित हाे ।
किसानको दुख, संघर्ष र नेपाली जनजीवन तथा सामाजिक यथार्थता वास्तविकतालाई उतार्ने प्रयास गरिएको
रोपरोप रेप्नेरियउ, भदुअ गोडौलि । यति राम्रा हलि बाउस्या, कसरी छोडौलि ।।
२) पुल्ति गडा ठुला रोपाई भकारा लेखेका । हलि, बाउस्या, बिगारेलाई भुरुल्लि छेकेका ।।
३) कोहि ईल्छा भट्ट मास लाउनि कोहि बेर्ना ब्यु गाड्नि । कोहि रोप्न नजान्ने रैछन त्यसै हसक पानि ।।
४) खेतालो कै ठउर बस्यो पानी सुक्यो कुला । भोक लाग्या अगान्जि खाइजाउ, भान्से छदै चुला ।।
५) असार रोपाइका दिन किरमिलिको जन्त । काखउदै बसुकि सोच्चो यो रङ्गिलो मन्त ।।
६) सातहल बल्ल साइ बिगारे, बेर्ना ब्यु टाढा छ । रङ्गिला साई बाज शीत माया त गाढा छ ।।
७) सर्ग बादल घेरियाको पानी बर्सदोछ । अन्त मन डुलायौ भने यो मन तर्सदोछ ।।
८) असि छदै जेउडो छदै, चैतका बनकन । क्या भनि सम्झाउने होला, शंकालु मनकन ।।
९) मेलो छुट्यो रोप्नेरिको सर मेला सर । रात पड्यो निन्नेरा बास्या, हड बाइजाउ घर ।।
१०) सबै जना दाइना भया, रोप्नेरि र हलि । भकारि भरिजाउन सब्का टनक्क धान
सुदुर कर्णालीमा गाईने लोग भाका घुम
सेरा बोलको गीतमा किसान र उनको संघर्ष तथा संरचनागत पक्षलाई कलाशील्पी सहित प्रस्तुत गरिएको छ। युवायुवतीको सुदुर र कर्णालीका किशानको भोगाइ र समकालीन मनोबिज्ञान गीतले बोलेको देखिन्छ ।
गीतमा असार महिनाको सिलसिलामा सुदुर र कर्णालीका विभिन्न ठाउँमा गाईने गित लाई भोगेको दुख, पीर, मर्का र वेदनालाई यथार्थपरक ढंगले उतारिएको छ । समेटेको छ :
खेतालो कै ठउर बस्यो पानी सुक्यो कुला । भोक लाग्या अगान्जि खाइजाउ, भान्से छदै चुला ।।
असार रोपाइका दिन किरमिलिको जन्त । काखउदै बसुकि सोच्चो यो रङ्गिलो मन्त ।।
लोग तथा देउडा गायक धर्मराज, न्यौपाने (शिशिर ) चर्चित गायिका गौरी भट्ट ’ गायक तिलक बुढा ’ र गायिका कल्पना मल्लले गीतमा मिठो र न्यायपूर्ण आवाज दिएका छन् । गीतको सङ्गीत संयोजन धर्मराज न्यौपाने, (शिशिर) मिक्सिङ एबम् मास्टरिङ बिजय कुमार थापा मगर एरेन्जर राजेन्द्र बाजुरेलीले गरेका छन्।
गीतको भिडियोमा पश्चिम नेपालको
कर्णाली प्रदेश कालिकोट जिल्लाको रास्कोट नगरपालिका सुन्दर र मनोमह दृष्यहरु कैद गरिएको छ
दिनेश सञ्ज्याल,यशोदा बम , सम्झना बमको अभिनय रहेकाे उक्त गीतको भिडियो सम्पादन बिनोद बम गरेका छन् भने निर्देशन गायक धर्मराज न्यौपाने( शिशिर) आफ्नै रहेको छ।
