
कैलाली। कविजङ्ग शाहीले कलमद्वारा भ्रष्टहरूलाई खबरदारी गर्ने नेकपाको भातृ संगठनमा आएर पुनः जन्म पाएको अनुभूति भएको बताएका छन्।बुधबार नेकपा प्रवेश गरेका शाहीले यस्तो बताएका हुन्।
२०५८ कक्षा ६ मा पढ्ने समयमा माओवादीको बाल संगठनमा जोडिएकाथिए र २०५९/ ६० देखि ६२/ ६३ सम्म चुरे माध्यमिक विद्यालय इकाई अध्यक्ष ६३ देखि ६५ सम्म बाजुरा अखिल क्रान्तिकारी जिल्ला संयोजक र माओवादी निकट अखिल क्रान्तिकारीको केन्द्रीय सदस्य २०७० सालमा विद्यार्थी विशेष वाईसियल नेपालको सहसचिव बाजुरा जिल्ला २०७२ मा विद्यार्थी केन्द्रीय सचिवालय सदस्य वाइसिएल बाजुरा जिल्ला इन्चार्ज तथा वाइसिएलको केन्द्रीय सदस्य राष्ट्रिय युवा संघ तथा जिल्ला इन्चार्जको राजीनामा दिएर बसेका एक क्रान्तिकारी विचारधारा मार्क्सवाद लेलिनवाद माओवाद र अहिलेको विप्लवले संश्लेषण गरेको वैज्ञानिक समाजवाद लाई नजिकबाट नियाल्दै आएका कवि जङ शाही केही समय चुप लागेर आफ्नो पढाइलाई निरन्तरता दिए र पोलिटिकल साइन्स र पत्रकारितामा ब्याचलर गरेर वैदेशिक रोजगारको क्रममा मलेसिया गएर आफ्नो पारिवारिक समस्याहरू सुधार गरेर बसेका कविजङ देशमा माओवादी बिग्रेर देश बर्बाद पारे अब म माओवादीलाई कलमद्वारा सच्याउँछु र वैज्ञानिक समाजवाद स्थापना गर्छु भन्ने अभिभारा बोकेर आज जनपत्रकार संगठन मा प्रवेश भएका छन् ।
जनपत्रकार संगठन नेपालमा आबद्ध हुने क्रममा आफू पूर्ण जन्म पाएको अनुभूति भएको बताएका छन्। कलमद्वारा राज्यको भ्रष्ट दलालहरूलाई खबरदारी गरेर देशमा नयाँ नेपाल बनाउने एकमात्र पार्टी नेकपा भएको र नेकपामा पनि संवेदनशील र महत्वपूर्ण भात्री संगठन जनपत्रकार संगठन भएको भन्दै जनपत्रकार संगठन कैलाली जिल्लामा आज नेपाल कम्युनिस्ट पार्टीका पार्टी स्थायी समिति सदस्य भरत सी रणवीर र नेपाल कम्युनिष्ट पार्टीका पोलिट ब्युरो सदस्य गणेश सी अबिर लगाएर कैलालीको लम्कीबाट जनपत्रकार संगठनमा आबद्ध भएका छन्।
आबद्ध हुने क्रममा नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्यको साम्ने कुरा राखेका छन्। अहिलेको नेपालको परिस्थितिमा नेकपाले लिएको उत्पादन नीति संसारको सबैभन्दा उत्कृष्ट र आत्मनिर्भर रहेको बताएका छन्।
नेकपाको उत्पादन नीति आत्मनिर्भर संसारको उत्कृष्ट छ नेपाल सरकारको एकमात्र प्रतिपक्ष नेकपा जनपत्रकार संगठन नेपाली जनताको संगठन हो। भन्दै माओवादी केन्द्रका एक युवा नेकपाको भातृ संगठन जनपत्रकार संगठनमा आबद्ध भएका छन्
जनपत्रकार संगठनमा समायोजन भएका कविजङ्ग शाही भन्छन् प्रचण्ड छाड्नुको कारण प्रचण्डबाट अब देश नबन्ने र भ्रष्टाचारीहरूको मुक्ति नहुने नेपालमा जनयुद्धमा देखेको वैज्ञानिक समाजवादी स्थापना नहुने भएकाले प्रचण्ड छाडेर विप्लबमा आबद्ध भएको बताएका छन्
समायोजन कार्यक्रम जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य कैलाली जिल्ला अध्यक्ष पृथ्वी सी को पहलमा कैलाली को लम्की मा भएको थियो।
