
सर्लाही/ नेपाल कम्युनिस्ट पार्टीका नेता कुमार पौडेलको ७ औं स्मृति दिवस सर्लाहीमा मनाइएको छ।नेपाल कम्युनिष्ट पार्टीकाे आयाेजनामा सर्लाहीको हरिवन नगरपालिका ६ स्थित चार्लिकमा आज पौडेलको स्मृति दिवस मनाइएको हो।
तत्कालीन ओली सरकारले बिप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएको बेला सरकारद्वारा हत्या गरिएका पौडेलको
स्मृतिमा आयोजित कार्यक्रममा उहाँको क्रान्तिकारी छबि, गतिशीलता र व्यक्तित्व एवम् स्वभावका विभिन्न आयामबारे चर्चा गर्दै स्मृति दिवस मनाइएको छ।
स्मृति दिवसमा बोल्ने बक्ताहरुले कुमार पाैडेलले भुमिहिन, सुकुम्बासी तथा तल्लाे वर्गका नागरिकहरुका लागि खेलेकाे भूमिकालाई सम्झीदै उनकाे राजनीतिक बैचारिक यात्रालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रममा नेकपा केन्द्रीय सदस्य पवन महताेले पौडेललाई नियन्त्रणमा लिएर नक्कली मुडभेटको नाममा ९ वटा गाेली हानेर क्रूरतापूर्वक हत्या गरेको बताए ।
उहाँले जनताको बर्ग मुक्तिको आन्दाेलनमा कठिवद्द भएर लागेको,सुकुम्बासीहरुकाे व्यवस्थापन गर्न लागि परेको,सागरनाथ वनविकास परियाेजनाकाे लुटतन्त्रका विरुद्ध,नेपाल आयल निगमकाे जग्गा खरिदमा भ्रष्टाचार भएको भन्दै साे जमिनमा झण्डा गाडेका कारण उहाँलाई षड्यन्त्र गरेर हत्या गरेको बताए ।
मिटर व्याज पीडित किसान मजदुरहरुकाे पक्षमा र भ्रष्टाचार विराेधी आन्दोलन निर्माण गर्न खोजे बापत केहि जनबिरोधिहरुले हत्या गरेको पवनको भनाइ थियो।
त्यस्तै नेकपा नेता कमल सुस्लिङले सागरनाथ वनविकास परियाेजनाले अहिले पनि सुकुम्बासीहरु माथि प्रहार गर्ने तयारी गरिरहेकाे भन्दै कुमार पौडेलको सपना पुरा गरि छाड्ने बताए ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी निकट जनपत्रकार संगठन नेपालबाट डिआर यसपी गौरब,लघुवित्त तथा मिटर व्याज पीडित संघर्ष समितिकी केन्द्रीय सदस्य शकुनी र
अखिल नेपाल किसान संघ केन्द्रीय सदस्य ल्वाङ्गसिह
लगायत दर्जनौं ब्यक्तिको सहभागिता रहेको थियो।
१ मिनेट माैन धारण गर्दै कुमार पाैडेलकाे फाेटाेमा अविर मालासहित सुरु भएको उक्त कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला ईन्चार्ज कमल सुस्लिङले अध्यक्षता गरेका थिए भने नेकपाका शकुनिले स्वागत भाषण गरेका थिए।
