News Portal

  • कुलमान लाई हटाउनु सरकारले महँगो मूल्य चुकाउदै 

    सुनौलो पोष्ट संवाददाता
    555Shares

     

    नेकपा (माओवादी केन्द्र) का नेताहरूले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णय महँगो पर्ने बताएका छन्।

     

    ‘विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने वर्तमान सरकारको निर्णय निकै महँगो पर्नेछ,’ माओवादी केन्द्रका नेता इन्द्र आङ्बोले फेसबूकमा लेखेका छन्।

     

    सरकारले सोमबार (आज) साँझ घिसिङलाई पदबाट हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ। यसपछि माओवादी नेताहरूले यस्तो चेतावनी दिएका हुन्।

     

    यस्तै अर्का नेता सुदन किरातीले पनि ‘भ्रष्टाचारीले सदाचारीलाई कारबाही गरेछ’ भन्ने टिप्पणी गरेका छन्। ‘प्रतिगमनको आगोमा सिंहदबारले फेरि घिउ थपेछ। धन्यवाद सरकार तिमी पनि प्रतिगामीसँगै सति जाने भयौ,’ किरातीले भनेका छन्।

     

     

    प्रतिकृया दिनुहोस्