News Portal

बुद्धिजीवी तथा नागरिक समाजका अगुवासँग समाजवादी मोर्चाको अन्तरक्रिया सम्पन्न

विष्णु विश्वकर्मा
900Shares

ललितपुर, २ चैत्र २०८१ – समाजवादी मोर्चा नेपालले आज ललितपुरस्थित होटेल हिमालयन कुपण्डोलमा बुद्धिजीवी तथा नागरिक समाजका अगुवासँग परामर्श बैठक सम्पन्न गरेको छ।

बैठकमा मोर्चाका प्रमुख नेताहरू— नेकपा महासचिव विप्लव सी, प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका संयोजक महेन्द्र राय तथा अन्य शीर्ष नेताहरू सहभागी उक्त अन्तरक्रिया कार्यक्रमको सञ्चालन देव बहादुर गुरुङले गरेका थिए।

परामर्श बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे छलफल गर्दै समाजवादी मोर्चाले अघि सार्ने रणनीति, आर्थिक-सामाजिक रुपान्तरण, तथा जनताका मुद्दा सम्बोधन गर्ने विषयमा गम्भीर विचार-विमर्श गरिएको थियो। बुद्धिजीवी तथा नागरिक समाजका अगुवाहरूले सरकारको नीति तथा समाजवादी मोर्चाको भूमिकाबारे आफ्ना सुझाव प्रस्तुत गरेका थिए।

कार्यक्रममा वक्ताहरूले समाजवादी मोर्चाको उद्देश्य, वैचारिक स्पष्टता, र आगामी रणनीतिबारे खुला छलफल गरे। उनीहरूले हालको आर्थिक संकट, सुशासनको अवस्था, र जनअपेक्षाबारे गहन समीक्षा गर्दै देशको समृद्धि र स्थिरताका लागि समाजवादी मोर्चाले खेल्नुपर्ने भूमिकाबारे महत्वपूर्ण सुझावहरू राखेका थिए।

मोर्चाका नेताहरूले बुद्धिजीवी तथा नागरिक समाजका विचारलाई आत्मसात् गर्दै अगामी दिनमा संयुक्तरूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। बैठकमा विभिन्न क्षेत्रका विज्ञ, विश्लेषक, तथा समाजका अगुवाहरूको पनि उल्लेख्य उपस्थिति थियो।

समाजवादी मोर्चाले आगामी दिनमा यस्ता छलफललाई अझै व्यापक बनाउँदै देशभर बुद्धिजीवी वर्गहरुसँग संवाद गर्नुपर्ने कुरामा जोड दिएका छन ।

प्रतिकृया दिनुहोस्