News Portal

२ युट्यूवरको संसद प्रवेश पास निलम्बन

सुनौलो पोष्ट संवाददाता
580Shares

 

काठमाडौ संघीय संसद् सचिवालयले दुईजना युट्यूवरको संसद् प्रवेश पास निलम्बन गरेको छ।

युट्यूवरद्वय प्रकाश वली र किशोरकुमार श्रेष्ठको संसद प्रवेश पास निलम्बन गरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली र सांसदहरूलाई प्रश्न गर्दा गलत शब्द प्रयोग गरेको भन्दै संसद प्रवेश पास निलम्बन गरिएको हो ।

उनीहरुको पास निलम्बन गर्न महासचिव स्तरीय निर्णयबाट भएको हो ।दुवैजनालाई प्रवेश पास आजै कार्यालय समयभित्र बुझाउन भनिएको छ ।

श्रेष्ठ र ओलीले फागुन ४ गतेको प्रतिनिधिसभा बैठकबाट बाहिरिँदै गरेका प्रधानमन्त्री ओलीलाई प्रश्न गर्दा ‘तानाशाह’ र ‘हिटलर’ जस्ता अमर्यादित शब्दहरू प्रयोग गरेका थिए ।

प्रतिकृया दिनुहोस्